५ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

टेस्ट टोलीमा परेनन् गेल

सेन्ट जोन्स – भारतविरुद्ध घरेलु मैदानमा हुने दुई म्याचको टेस्ट शृंखलाका लागि वेस्ट इन्डिजका छनोटकर्ताले ओपनर क्रिस गेलको नाम हटाएका छन्। टोलीबाट नाम हटाएसँगै गेलको घरेलु मैदानमा अन्तिम पटक टेस्ट खेल्ने सम्भावना टरेको छ। ३९ वर्षीय गेलले २०१४ पछि कुनै पनि टेस्ट खेलेका छैनन्। उनले २०१४ मा देशबाट टेस्ट खेल्दा १ सय तीनौं खेल खेलेका थिए। हालै मात्र सम्पन्न एकदिवसीय विश्वकप क्रिकेटमा उनलाई अन्तिम टेस्ट खेल्न दिने सम्भावना रहेको भन्दै टोलीमा समावेश गरिएको थियो। अनि मात्र अन्तर्राष्ट्रिय करियरबाट संन्यास लिन सुझाव दिइएको थियो।

विस्फोटक ब्याट्सम्यानको रूपमा चिनिएका वेस्ट इन्डिजका गेलले टेस्ट क्रिकेटमा ७ हजार २ सय १४ रन बनाएका छन्। गेलले टेस्टमा सबैभन्दा धेरै ३ सय ३३  रन बनाएका छन्। तर पछिल्लो समय गेल एकदिवसीय र ट्वान्टी–२० संरचनाका खेलमा व्यस्त रहेका थिए।

वेस्ट इन्डिजले दोस्रो टेस्ट खेल घरेलु मैदानमा खेल्दै छ। अगस्ट ३० देखि सेम्टेम्बर ३ सम्म तय भएको तालिकामा वेस्ट इन्डिजले जमैकास्थित सविना पार्कमा भारतलाई आतिथ्य गर्दै छ। उक्त खेलमा गेलको अन्तिम अन्तर्राष्ट्रिय उपस्थिति हुने अनुमान गरिएको थियो। वेस्ट इन्डिजका अन्तरिम छनोट समितिका सदस्यले यसअघि इङ्ल्यान्डविरुद्ध २ܺ–१ को जित निकाल्नका खेलाडीलाई समावेश गर्दै टोली बनाउने सोचमा छन्। तर चोटका कारण तीव्र गतिका बलर अल्जारी जोसेप र बायाँहाते स्पिनर जोमेल वारिकान टोलीमा समावेश हुने छैनन्। यस्तै अफ स्पिनर रहकिम कोर्नवानले लामो समयको प्रतीक्षापछि टेस्ट टोलीमा समावेश हुने मौका पाउनेछन्। २६ वर्षे कोर्नवालले ५५ पहिलो श्रेणीका खेल खेल्दा २ सय ६० विकेट लिएका छन्।

‘कोर्नवालले पछिल्लो समय सन्तुलित खेल प्रदर्शन गर्न सफल भएका छन्। उनकै सहयोगमा धेरै पटक टोलीले जित आत्मसात् गरेको छ। त्यसैले टेस्ट टोलीमा पर्न योग्य भएका छन्,’ छनोट समितिका प्रमुख रोबर्टो हायन्सले भने। टेस्ट टोलीमा समावेश भएका वेस्ट इन्डिज ‘ए’ टोलीका कप्तान सम्राह ब्रुक्स मात्र अन्तर्राष्ट्रिय खेलमा नखेलेका एक मात्र खेलाडी हुन्। अलराउन्डर किमो पावेलले टेस्ट टोलीमा पुनरागमन गरेका छन्।

प्रकाशित: २६ श्रावण २०७६ ०६:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App