२३ आश्विन २०८१ बुधबार
image/svg+xml
खेल

इओबी एभर्टनमा अनुबन्धित

एभर्टन – एभर्टनले आर्सनलका स्ट्राइकर एलेक्स इओबीलाई बिहीबार अनुबन्धन गरेको छ । सुरुवा बजार बन्द भएको ४ घन्टापछि एभर्टनले आर्सनलबाट इओबीलाई ३४ मिलियन युरोमा ५ वर्षका लागि अनुबन्धन गरेको घोषणा गरेको हो । इओबीले आर्सनलबाट १ सय ४९ खेलबाट १५ गोल गरेका छन् । एभर्टनका प्रशिक्षक मार्को सिल्भाले यस सिजनका लागि अनुबन्धन गरेको इओबी सातौं खेलाडी हुन् ।

‘यस सिजनको सुरुवा बजारमा एलेक्स हाम्रो प्रमुख रोजाईका थिए र आशा छ, उनको आगमनले क्लबले नयाँ उचाई हासिल गर्नेछ,’एभर्टनका प्रशिक्षक सिल्भाले भने, ‘उनले आक्रामक खेल खेल्छन् र क्षमतावान् पनि छन् । युवा भए पनि उनले शीर्ष स्तरमा प्रभावशाली प्रदर्शन गर्दै आएका छन् ।
यसअघि एभर्टनले गोलकिपर योनास लोसेल, रक्षक डिज्रिबिल सिडिबे, मिडफिल्डर आन्द्रे गोमेस, फाबियान डेल्फ र येन फिलिपे जेबामिन र स्ट्राइकर मोइस केनलाई अनुबन्धित गरिसकेको छ । चेल्सीविरुद्धको युरोपा लिग फाइनल खेल उनको लागि आर्सनलबाट अन्तिम खेल बन्यो । आर्सनलले लिलेको स्ट्राइकर निकोलास पेपेलाई क्लबको कीर्तिमानी रकम ७२ मिलियन युरोमा अनुबन्धित गरेसँगै इओबीको पहिलो रोजाई दुविधामा परेको थियो ।

सुरुवा बजार बन्द भएको ४ घन्टापछि एभर्टनले आर्सनलबाट इओबीलाई ३४ मिलियन युरोमा ५ वर्षका लागि अनुबन्धन गरेको घोषणा गरेको हो । इओबीले आर्सनलबाट १ सय ४९ खेलबाट १५ गोल गरेका छन् ।

प्रकाशित: २५ श्रावण २०७६ ०२:२३ शनिबार

एलेक्स_इओबी इओबी_एभर्टन आर्सनल