काठमाडौं - एसिसी यु-१९ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ। बुधबार भएको खेलमा नेपालले चीनलाई १० विकेटले हराउँदै विजयी सुरुवात गरेको हो। मलेसियाको किनरारा ओभलमा चीनले दिएको ५४ रनको लक्ष्य ५ ओभरमै पुरा गरेकाे हाे।
नेपालको जितमा पवन सर्राफले नटआउट ४६ रन र रित गौतमले नटआउट १० रन जोडे। त्यसअघि नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको चीन २३.१ ओभरमा ५३ रनमा अलआउट भएको थियो।
प्रकाशित: १८ असार २०७६ ०४:२९ बुधबार