२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
खेल

दक्षिण अफ्रिकालाई अलराउन्ड प्रदर्शनको आशा

लन्डन– बलिङ र ब्याटिङ दुवैतर्फ खराब प्रदर्शन भएपछि दक्षिण अफ्रिकाले जारी विश्वकप खासै सुखद बनाउन सकिरहेको छैन।

ब्याटिङ र बलिङतर्फ  आशा गरिएका स्टार क्रिकेटरले निराशाजनक प्रदर्शन गर्दा दक्षिण अफ्रिकाको अघिल्लो चरणको सम्भावना लगभग समाप्त भइसकेको छ। दक्षिण अफ्रिकाले आफ्नो सातौं खेल पाकिस्तानसँग खेल्दै छ। सो खेलमा क्रिस मोरिस आफ्नो स्वाभाविक प्रदर्शनलाई जारी राख्दै दक्षिण अफ्रिकालाई जित दिन चाहन्छन्। उनले जारी विश्वकपमा ५ खेल खेल्दा ९ विकेट लिइसकेका छन्।

उनी दक्षिण अफ्रिकाका लागि जारी विश्वकपमा सबैभन्दा सफल बलर साबित भइरहेका छन्। कुल ३६.१ ओभर बलिङ गरेका मोरिसले ५ मेडन राख्दा ४.७२ रनरेटले किफायती छन्। बलिङ अलराउन्डर रहेका मोरिसले टोलीलाई आवश्यक परेको अवस्थामा ब्याटिङ पनि गर्न सक्छन्। ३९ एकदिवसीय खेलमा मोरिसले एक अर्धशतकसहित ४ सय ५१ रन बनाएका छन्।

त्यति नै खेलमा उनले ४४ विकेट लिँदा ५.५० को रनरेटमा रन खर्चिएका छन्। जारी विश्वकपमा इङ्ल्यान्डविरुद्धको पहिलो खेलमा भने उनी टोलीमा पर्न असफल भए। तर, पहिलो खेलमा निकै लज्जापूर्ण हार बेहोरेपछि दोस्रो खेलमा भने दक्षिण अफ्रिकाले उनलाई टोलीमा राखेकोे थियो।

बंगलादेशसँगको दोस्रो खेलमा उनी १० ओभरमा महंगो साबित भए पनि २ विकेट लिन सफल भए। भारतसँगको खेलमा भने मोरिसले अलराउन्ड प्रदर्शन गरे। उनले त्यस क्रसमा एक मेडन राख्दै एक विकेट लिएका थिए। ब्याटिङतर्पm पनि मोरिसले ४२ रन बनाउँदा टोलीका लागि सर्वाधिक योगदान दिए। अफगानिस्तानविरुद्ध ६.१ ओभरमा मोरिसले निकै किफायती बलिङ गर्दा १३ रन खर्चिंदै तीन विकेट लिए।

न्युजिल्यान्डसँग पनि उनले तीन विकेट लिँदा ४९ रन खर्चिए। पाकिस्तानविरुद्ध पनि उनले सोही किसिमको प्रदर्शन दोहो-याउन सक्छन्। पछिल्ला समय कमजोर अवस्थामा रहेको दक्षिण अफ्रिकाको ब्याटिङमा पनि मोरिसले साथ दिने टोलीले आशा गरिरहेको छ। पाकिस्तानी ब्याट्सम्यान पनि उनीविरुद्ध सजग भएर खेल्नेछन्।

प्रकाशित: ८ असार २०७६ ०६:५९ आइतबार

एकदिवसीय_विश्वकप दक्षिण_अफ्रिका पाकिस्तान