२१ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

चौथों प्रधानमन्त्री कप महिला टी–२० क्रिकेटः प्रदेश १ र ५ बिजयी

धनगढी– कञ्चनपुरको महेन्द्रनगरमा जारी चौथों प्रधानमन्त्री कप महिला टी–२० क्रिकेट प्रतियोगितामा शुक्रबार भएका खेलमा प्रदेश १ र प्रदेश ५ बिजयी भएका छन्। शुक्रबार भएको पहिलो खेलमा प्रदेश–१ प्रदेश–२ लाई ८ विकेटले पराजित गर्दै जित हात पार्न सफल भएको हो।

टस जितेर पहिलो व्याटिङ गरेको प्रदेश–२ ले निर्धारित २० ओभरमा ९ विकेटको क्षतीमा ७१ रन बनायो। प्रदेश–२ का लागी शान्ति चौधरीले ४८ बलमा १४ रन बनाइन्। शोभा आले र सरस्वती चौधरीले समान १३, १३ रन जोडे। अन्य व्याट्समेनले दोहोरो अंक जोड्न सकेनन्।

प्रदेश–१ का रुविना क्षेत्रिले ४ ओभरमा १६ रान खर्चदै ४ विकेट लिइन् भने अप्सरी वेगमले ३ ओभरमा १२ रन खर्चदै २ विकेट लिइन्। ७२ रनको विजय लक्ष्य पछ्याउँदै व्याटिङ गरेको प्रदेश–१ ले १४.२ ओभरमा २ विकेटको क्षतीमा ७५ रन जोड्दै जित हात पार्यो। प्रदेश–१ का कप्तान रुविना क्षेत्रीले ४५ बलमा अविजित हुँदै २६ रनको योगदान गरिन्। काजोल श्रेष्ठले १९, रोमा थापा १४ र अप्सरी बेगमले अविजित रहदै ४ रन जोडिन्। प्रदेश–२ का सन्तोषी चौधरी र सरस्वती चौधरीले समान १, १ विकेट लिइन्। खेलको म्यान अफ द म्याच रुविना क्षेत्री घोषित भइन्।

यसैगरि शुक्रबार भएको दोश्रो खेलमा गण्डकी प्रदेशलाई ८ विकेटले पराजित गर्दै प्रदेश ५ विजयी भएको छ। टस जितेर ब्याटिङ रोजेको गण्डकीले १८ दशमलव ३ ओभरमा अल आउट हुँदै ७९ रनको योगफल बनाएको थियो। उसका लागि सुशिला गुरुङले सर्वाधिक १९ रन, सृष्टी पौडेले १८ रन, प्रमिला बानियाँ ८, सन्चा महरा ४ र रनको योगदान गरिन्।

गण्डकीलाई सस्तैमा समेट्ने क्रममा प्रदेश नम्बर ५ की नेरु थापाले ३ र सिमा थापाले २ विकेट लिइन्। ८० रनको विजयी लक्ष्य पाएर जवाफी ब्याटिङ गरेको प्रदेश नम्बर–५ ले १२ दशमलव २ ओभरमा दुई विकेटको क्षतीमा लक्ष्य भेट्टाउन सफल भयो। उसका लागि गीता गोसाईले २० रन, नेरु थापाले १८, सरस्वती मगरले १० रन जोडे। गण्डकी प्रदेशका सुशिला गुरुङले १ विकेट लिइन्।

प्रकाशित: ६ असार २०७६ १४:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App