२० आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

बाबर आजम मुख्य हतियार

लन्डन– बाबर आजम पाकिस्तानका लागि आज अस्ट्रेलियाविरुद्ध हुने खेलमा मुख्य हतियार हुन्।

एकरूपता हुन नसकेको ब्याटिङमा बाबरले आशालाग्दो प्रदर्शन गरिरहेका छन्। पाकिस्तानले इङ्ल्यान्डमा जारी विश्वकपमा तीन खेल पूरा गरिसकेको छ। पहिलो खेलमा वेस्ट इन्डिजविरुद्ध खराब ब्याटिङ गरेको पाकिस्तान १ सय ५ रनमै समेटिएको थियो। उक्त खेलमा पाकिस्तानका लागि सर्वाधिक स्कोर बनाउने ब्याट्सम्यानमध्ये बाबरले २२ रन बनाएका थिए। दोस्रो खेलमा भने पाकिस्तानले ३ सय ४८ रनको विशाल स्कोर बनाउँदा बाबरले अर्धशतक बनाएका थिए।

उक्त खेलमा ६६ बलमा ६ चौका र एक छक्कासहित बाबरले ६६ रन बनाएका थिए। श्रीलंकाविरुद्धको तेस्रो खेल भने वर्षाका कारण हुन सकेन। बाबरले १५ वर्षको उमेरमा सन् २०१० मा यु–१९ विश्वकप खेलेका थिए। कुल ६६ एकदिवसीय खेल खेलेका २४ वर्षे बाबरले ५४.३४ को औसतले २ हजार ८ सय २४ रन बनाएका छन्। जसमा ९ शतक र १३ अर्धशतक सामेल छ। सन् २०१५ मा जिम्बाब्वेविरुद्धको एकदिवसीय खेलमा डेब्यु गरेका बाबरले पहिलो खेलमै अर्धशतक बनाए।

इङ्ल्यान्डको मैदानमा बाबरले पछिल्ला समयमा राम्रो ब्याटिङ प्रदर्शन गर्दै आइरहेका छन्। इङ्ल्यान्डको मैदानमा उनले तीन शतक र  चार अर्धशतक बनाइसकेका छन्।  त्यसैले पनि अस्ट्रेलियन बलरहरूका लागि बाबर चुनौती बन्न सक्नेछन्। यता अस्ट्रेलियन बलर पनि उनलाई सस्तैमा आउट गर्दै पाकिस्तानको ब्याटिङलाई धराशयी बनाउने योजनामा हुनेछन्।

प्रकाशित: २९ जेष्ठ २०७६ ०५:४५ बुधबार

पाकिस्तान बाबर_आजम ब्याटिङ