२१ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

विश्वकप क्रिकेटमा इंल्याण्डको विजयी सुरूवात

लन्डन - १९ औं विश्वकप क्रिकेटको पहिलो खेलमा आयोजक इंग्ल्याण्डले विजयी सुरुवात गरेको छ। लन्डनविश्वकप क्रिकेटको उद्घाटन खेलमा घरेलु टोली इङ्ल्यान्डले दक्षिण अफ्रिकालाई १०४ रनले पराजित गरेको हो।

इङ्ल्यान्डले दिएको ३१२ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ३९.५ ओभरमा २०७ रन मात्र बनाउन सक्यो। दक्षिण अफ्रिकाका क्विन्टन डी ककले सर्वाधिक ६८ रन बनाए। यसैगरी रासी भान डल डुसेनले पनि ५० रनको अर्धशतकीय पाली खेले। दक्षिण अफ्रिकाका लागि आसा गरिएका खेलाडी हासिम अमला ५ रनमा रिटायर्ड हट भएका थिए।

 यसैगरी एन्ड्ली फेलुक्वायोले २४, अडिन मार्कमले ११, कागिसो रबडाले ११, लुन्गी निग्दी ६ र कप्तान फाफ डु प्लेसिसले पाँच रन बनाए। इङ्ल्यान्डका जोफ्रा आर्चरले तीन विकेट लिए। यस्तै लियाम प्लुनकेट र बेन स्टोक्सले दुई-दुई विकेट लिँदा अडिल रसिद र मोइल अलीले एक-एक विकेट बाँडे।यसअघि टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली इङ्ल्यान्डले निर्धारित ५० ओभरको खेलमा आठ विकेट गुमाएर तीन सय ११ रनको योगफल खडा गरेको थियो।

प्रकाशित: १७ जेष्ठ २०७६ ०१:३८ शुक्रबार

विश्वकप_क्रिकेट इंग्ल्याण्ड दक्षिण_अफ्रिका