४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
खेल

प्रदेश २ माथि आर्मीकाे सहज जित

काठमाडाैं– तेस्रो संस्करणको प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको उद्घाटन खेलमा आर्मीले प्रदेश नं २ माथि १ सय ७१ रनकाे सहज जीत निकालेको छ।

टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले प्रदेश २लाई २७९ रनको चुनौती दिएको थियो। कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा आर्मीले ५० ओभर पूरै खेल्दै नौ विकेटको क्षतिमा २७८ रनको योगफल बनायो। आर्मीका लागि राजु रिजाल र कप्तान विनोद भण्डारीले अर्धशतकीय इनिङ्स खेले । शुरुआती ब्याटम्यान राजुले ९० रन जोडे। उनले दुई छक्का र चार चौकाको मद्दतमा ९० रन बनाएका हुन् । त्यस्तै, विनोदले ६१ बलमा ९ चौकासहित ६६ रनमा क्याच आउट भए। यसैगरी रोहित पौडेलले ४७, हरी चौहानले २६, सुशन भारीले १२ तथा करण केसीले ११ रनको योगदान दिए। प्रदेश २ का हरिशंकर साह एक्लैले तीन विकेट लिए भने राशिद खान, विवेक यादव र विशाल सुसलिङले समान एक/एक विकेट लिए।

यता प्रदेश २ को भने व्याटिङ चल्न सकेन। प्रदेश २ का लागि हरिशंकर साहले २१ रन, संसद शेखले १६ रन, सुधीर चौधरीले १५ रन बनाए। त्यस्तै रासिद खानले १४ रन तथा सुरज पटेलले ११ रन जाेडे। यसबाहेकका अन्य खेलाडिले दोहोरो अंक जोड्न सकेनन्। यता, प्रदेश २ लाई सस्तैमा समेटन सहाब आलमले सर्वाधिक ४ विकेट लिए।

आजदेखि शुरु भएको उक्त प्रतियोगिताको उद्घाटन युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्मा र राष्ट्रिय खेलकूद परिषद् राखेपका सदस्यसचिव केशवकुमार विष्टले एक कार्यक्रमबीच गरे।

प्रतियोगितामा तीन विभागीय टोली र ७ प्रदेश गरी १० टोलीको सहभागिता रहेको छ। जसमा समूह ए मा एपिएफ, प्रदेश ५, प्रदेश ३, सुदूरपश्चिम र गण्डकी रहेका छन्। समूह बी मा त्रिभुवन आर्मी, नेपाल पुलिस, प्रदेश २, प्रदेश १ र कर्णाली प्रदेश रहेका छन्। प्रतियोगिताको विजेताले २० लाख र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन्।

प्रकाशित: १० जेष्ठ २०७६ ०९:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App