२१ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

विश्वकप आउनै लाग्दा पाकिस्तानकाे क्रिकेट टिममा फेरबदल

कराँची– विश्वकप नजिकिदै गर्दा पाकिस्तानकोे राष्ट्रिय क्रिकेट टोलीमा फेरबदल भएको छ। पाकिस्तानले विश्वकपका लागि घोषणा गरेको टिमबाट नयाँ टिममा ३ जना खेलाडी परिवर्तन भएका छन्।

पाकिस्तानको नयाँ टिममा सर्फराज अहमद (कप्तान, विकेटकिपर), इमाम उल हक, आसिफ अली, बाबर आजम, हैरिस सोहेल, मोहम्मद हफीज, शोएब मलिक, इमाद बसिम, सादाब खान, हसन अली, मोहम्मद आमीर, मोहम्मद हसनैन, शहीन अफरिदि र वहाब रिहाज रहेका छन्। पाकिस्तान क्रिकेट बाेर्डले ट्वीट गर्दै टिम परिवर्तनकाे जानकारी दिएकाे थियाे।

टिममा आसिफ अलि, मोहम्मद आमिर र वहाब रियाज फिर्ता आएका छन्। उनीहरुले जुनैद खान र फहीम असरफ र अबिद अलिको  स्थान लिएका हुन्।

पछिल्लो समय पाकिस्तानले अस्ट्रेलियासँगको ओडिआई ५–० ले गुमाएको थियो। अब, ३१मे मा पाकिस्तानले वेस्ट इण्डिज विरुद्द विश्वकपको पहिलो खेल खेल्दै छ।  
 

प्रकाशित: ६ जेष्ठ २०७६ १०:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App