१६ आश्विन २०८१ बुधबार
image/svg+xml
खेल

खेलाडी छनोट र बजेटका लागि समिति

काठमाडौं - नेपालमा हुने भनिएको १३औं दक्षिण एसियाली खेलुकद (साग) का खेलाडी छनोट, पूर्वाधार  र आवश्यक बजेटका लागि समिति बनेका छन्। सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा बिहीबार बसेको १३औं साग तयारी तथा व्यवस्थापन समितिको चौथो बैठकले विभिन्न समितिसमेत गठन गर्दै मस्कट र लोगो केही दिनमै सार्वजनिक गर्ने निर्णयसमेत गरेको छ।

१३औं साग तयारी तथा व्यवस्थापन समितिका सदस्यसचिवसमेत रहेका राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव केशवकुमार विष्टले खेलाडी छनोट, पूर्वाधार र बजेटका लागि आवश्यक मस्यौदा तयारी विषयमा मुख्य केन्द्रित भएको बताए।

राखेपका उपाध्यक्ष पीताम्बर तिम्सिनाको नेतृत्वमा बजेट मस्यौदा समिति र गंगाबहादुर थापाको नेतृत्वमा प्राविधिक समिति बनेका छन्। बजेट मस्यौदा समितिमा पाँच सदस्य र प्राविधिक समितिमा ४ सदस्य छन्। ‘आजको मुख्य विषय सागको तयारीका लागि आवश्यक पक्षहरूको छलफल हो,’ सदस्यसचिव विष्टले भने,‘तीमध्ये केही विषयमा निर्णय पनि भएका छन्।

सागका लागि आवश्यक पहिलो चरणको काम मस्कट र लोगो केही दिनमै सार्वजनिक गर्ने निर्णय भइसकेको छ। पूर्वाधार र आवश्यक बजेटका लागि समिति पनि बनेका छन्।’ युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा (सुनार)को अध्यक्षतामा बसेको साग तयारी तथा व्यवस्थापनको बैठकले यसै वर्षको मंसिर १५ देखि २४ सम्म आयोजना सम्पन्न गर्नका लागि आवश्यक निर्णयहरू गरेको थियो।

राखेपका सदस्यसचिव विष्टले काठमाडौं र उपत्यकाबाहिर पोखरामा खेल आयोजनाका लागि पूर्वाधार निर्माण भइरहेकाले पूर्वाधारका कारण कुनै समस्या नआउने दाबी गरे। ‘सागमा भएका खेल आयोजनाका लागि केही पूर्वाधारहरू बनिरहेका छन्। आवश्यक भएकाहरू पनि आगामी बजेटमार्पmत छिट्टै सम्बोधन हुनेछन्,’ सदस्यसचिव विष्टले भने, ‘काम गर्नका लागि आवश्यक समितिहरू पनि बनिसकेका छन्।’

यसअघि गठित स्वयम्सेवक व्यवस्थापन समितिमा विनोद श्रेष्ठ र खेलस्थल व्यवस्थापन समितिमा  टासी घले संयोजक छन्। राखेपका उपाध्यक्ष तिम्सिनाले अन्य केही समितिमा पनि संयोजक हेरफेर हुने बताएका छन्। बैठकले आगामी सागमा नेपालको तर्पmबाट ६ सय ६५ खेलाडीले प्रतिस्पर्धा गर्न तय गरेको छ।

सागको तयारीका लागि आगामी जेठको पहिलो सातादेखि क्लोज क्याम्प राख्ने तयारी भइरहेको छ। त्यसका लागि खेलाडी छनोटको जिम्मा भने राखेपले लिएको छ। राखेपका उपाध्यक्ष तिम्सिनाले तत्कालै टेन्डर प्रक्रिया गर्दा आयोजनामा ढिलाइ हुने भएकाले केही मित्रराष्ट्रसँग खेलसामग्री सहयोग माग्ने तयारी भइरहेको समेत बताएका छन्। १३औं सागको तयारीलाई मूर्त रूप दिन सागका सहभागी राष्ट्रलाई परराष्ट्रमार्पmत निमन्त्रणा गरिने भएको छ।

आगामी जेठको पहिलो सातादेखि नै निमन्त्रणा प्रक्रिया सुरु हुनेछ। तयारीका लागि आवश्यक १४ उपसमितिमध्ये केही उपसमिति पनि आगामी बैठकमार्पmत बनाइँदै छ। सरकारले नीति तथा कार्यक्रममै १३औं साग आयोजनालाई समावेश गरिसकेको छ। सोही धारणाबाट सागमा सरकारले पूर्णतया सहयोग रहने राखेपका उपाध्यक्ष पीताम्बर तिम्सिनाले बताए। सागको तयारीका लागि आगामी जेठको पहिलो सातादेखि क्लोज क्याम्प राख्ने तयारी भइरहेको छ। त्यसका लागि खेलाडी छनोटको जिम्मा भने राखेपले लिएको छ।

प्रकाशित: २७ वैशाख २०७६ ०२:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App