२७ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

फिफाद्वारा चेल्सीको अपिल खारेज

लन्डन – विश्व फुटबल महासंघ (फिफा) ले खेलाडी अनुबन्धनमाथि लागेको प्रतिबन्धमा इङ्लिस क्लब चेल्सीको अपिललाई खारेज गर्दै देशभित्रबाट भने १६ वर्षमुनिका खेलाडीलाई अनुबन्ध गर्न पाउने निर्णय गरेको छ।

कम उमेरका किशोरलाई अनुबन्धित गरेको आरोपमा प्रतिबन्ध लागेपछि चेल्सीको अपिललाई फिफाको अपिल कमिटीले खारेज गरेको हो। अन्तर्राष्ट्रिय खेलाडी ट्रान्सफर र अनुबन्धनमा नियम उलंघन गरेपछि चेल्सीमाथि ६ लाख स्विस फ्रान्क जरिवानासमेत लागेको थियो। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी अनुबन्धनसम्बन्धी फिफाको अनुशासनको निर्णय सार्वजनिक नहुँदासम्म फिफाको अपिल कमिटीले सुरुआतमा चेल्सीको अपिललाई यथास्थितिमा राखेको थियो।

फिफाले विज्ञप्ति जारी गर्दै देशभित्र र बाहिरबाट नयाँ खेलाडी अनुबन्धनको निर्णयपछि मात्र चेल्सीको अपिलमाथि सुनुवाई भएको उल्लेख गरेको छ। फिफाले फुटसल र महिला टोलीका लागि भने चेल्सीविरुद्धको प्रतिबन्ध लागू नहुने जनाएको छ। खेलाडी फुकुवामा पनि चेल्सीमाथि कुनै प्रतिबन्ध लाग्ने छैन। खेलाडी अनुबन्धनमाथिको प्रतिबन्ध फुकुवाका लागि चेल्सीसँग कोर्ट अफ आर्बिटेसन फर स्पोर्ट्समा जाने अन्तिम बाटो छ।

फिफाको यो निर्णयसँगै चेल्सीका प्रशिक्षक माउरिसियो सारीले आगामी सिजन चेल्सी र म्यानचेस्टर सिटीजस्ता टोलीविरुद्ध खेल्न सहज नहुने बताएका छन्। आगामी २०२० को जनवरीसम्म खेलाडी अनुबन्धनको प्रतिबन्ध यथास्थितिमा रहेपछि सारीले यो धारणा व्यक्त गरेका हुन्। सारीले यो निर्णय निकै दुःखलाग्दो भएको धारणा व्यक्त गर्दै कोर्ट अफ आर्बिटेसन फर स्पोर्ट्समा जाने समेत बताएका छन्। सारीले आगामी सिजन राम्रो गर्न समरमै दुई खेलाडी किन्नुपर्ने आवश्यकता रहेको औंल्याएका छन्।

प्रकाशित: २६ वैशाख २०७६ ०२:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App