१६ आश्विन २०८१ बुधबार
image/svg+xml
खेल

पारा तेक्वान्दोका प्रशिक्षक कविराज सम्मानित

काठमाडौं – राष्ट्रिय पारा तेक्वान्दो टोलीका प्रशिक्षक कविराज नेगी लामा काठमाडौं खेलकुद समाजद्वारा सम्मानित भएका छन्।

बुढानीलकण्ठको गल्फुटारस्थित ग्रासरुट फुटसलमा आयोजित गणेशमान सिंह एसइई कप फुटसल च्याम्पियनसिप उद्घाटनको अवसरमा अन्तर्राष्ट्रिय पदक दिलाउन सफल पारा तेक्वान्दो टोलीका प्रशिक्षक कविराज सम्मानित भएका हुन्। उनलाई पूर्वस्वास्थ मन्त्री गगनकुमार थापा र समाजका अध्यक्ष बद्री भट्टराईले दोसल्ला ओडाई सम्मानपत्रद्वारा सम्मानित गरेका हुन्।

फरक क्षमता भएका खेलाडीहरूलाई प्रशिक्षण गराई अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाललाई पदक दिलाउन महŒवपूर्ण भूमिका निर्वाह गरेको भन्दै काठमाडौं खेलकुद समाजले प्रशिक्षक कविराजलाई सम्मान गरेको थियो। कविराजको प्रशिक्षणमा नेपालले कोरियामा सम्पन्न तेस्रो एसियन पारा तेक्वान्दो च्याम्पियनसिपमा कांस्य पदक र टर्कीमा सम्पन्न आठौं विश्व पारा तेक्वान्दोमा पनि कांस्य पदक जित्न सफल भएको थियो।

सोही अवसरमा समाजले आठौं राष्ट्रिय खेलकुदमा पदक विजेता र अन्तर्राष्ट्रिय खेलमा प्रदर्शन गरेका आफ्ना सदस्यहरूलाई समेत प्रसंशापत्र प्रदान गरेको थियो। आठौं खेलकुदअन्तर्गत भारत्तोलनमा रजत पदक विजेता रानाभाट दिदिभाई मनीषा र गणेशलाई, सुटिङमा रजत पदक विजेता कुवेर केसी र एसियन गेम्समा प्रतिस्पर्धा गरेका कुरासका उपेन्द्र थापालाई समाजले प्रशंसापत्र प्रदान गरिएको थियो।

प्रकाशित: २१ वैशाख २०७६ ०२:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App