२७ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

टर्किस एयरलाइन्स गल्फ शनिबार

काठमाडौं – कर्पाेरेट क्षेत्रको सबैभन्दा ठूलो गल्फ प्रतियोगिताअन्तर्गतको टर्किस एयरलाइन्स गल्फ आगामी शनिबार हुने भएको छ। आयोजक टर्किस एयरलाइन्सले मंगलबार पत्रकार सम्मेलनमार्फत कर्पोरेट क्षेत्रको सबैभन्दा ठूलो गल्फ प्रतियोगिता ११ मार्चमा काठमाडौंमा हुने जनाएको हो।

टर्किस एयरलाइन्स वल्र्ड गल्फ कपको छनोटको रूपमा रहेको उक्त प्रतियोगितामा सय गल्फरले गोकर्ण गल्फ कोर्समा प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिताका लागि रोयल नेपाल गल्फ क्लबबाट १५ गल्फर, पोखराको हिमालयन गल्फ कोर्सबाट ३ र धरान निर्भाना कन्ट्री क्लबबाट ३ खेलाडी छनोट भएर खेल्न पाउनेछन्। बाँकी गोकर्ण गल्फ क्लब र आयोजकको तर्पmका गल्फरले खेल्नेछन्।

एमेच्योर गल्फरको मात्र प्रतिस्पर्धा गर्ने प्रतियोगिता स्टेबलफर्ड फम्र्याटमा कुल १८ होलमा हुने गोकर्ण फरेस्ट रिसोर्टका सिनियर गल्फ डाइरेक्टर दीपक आचार्यले जानकारी दिए। प्रतियोगिताको विजेताले टर्कीको अन्टालयमा हुने टर्किस एयरलाइन्स वल्र्ड गल्फ कप प्रतियोगितामा सहभागिता जनाउन पाउनेछन्। टर्किस एयरलाइन्स वल्र्ड गल्फ कप आगामी नोभेम्बर पहिलो साता हुनेछ।

उक्त प्रतियोगितामा १ सय ५ राष्ट्रबाट छनोट भएका खेलाडीले सहभागिता जनाउनेछन्। आयोजक टर्किस एयरलाइन्सका जनरल म्यानेजर अब्दुलाह टुन्सेरले दोस्रो पटक हुन लागेको प्रतियोगिताबाट खेलाडीले धेरै पक्षको ज्ञान लिन पाउने बताए। गोकर्ण गल्फ कोर्सका सदस्य भाइराजा पाण्डेले यस प्रतियोगितामा नेपाली खेलाडीको स्तरोन्नतिका लागि कोसे ढुंगा बन्ने उल्लेख गर्दै पर्यटन क्षेत्रमा समेत टेवा पुग्ने बताए।

प्रकाशित: १८ वैशाख २०७६ ०२:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App