१४ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

'सिरी ए' को उपाधि युभेन्टसलाई

एजेन्सी  -  इटालियन सिरी ‘ए’ को उपाधि युभेन्टसले उचालेको हो। पाँच खेल अगावै युभेन्टसले फियोरेन्टिनालाई २–१ ले हराउँदैं उपाधि उचालेको हो। युभेन्टसले ३३ खेलबाट ८७ अंक जोड्यो। जुन दोस्रो स्थानको नेपोलीको भन्दा २० अंकले बढी हो।

घरेलु मैदान एलिनाज स्टेडियम टोरिनोमा शनिबार राति भएको खेलमा युभेन्टसले १ गोलले पछि परेको स्थिति उल्ट्याएर जित निकालेको हो । घरेलु मैदानमा सुरुवाती अग्रता उल्टाएर युभेन्ट्सले जित निकालेको हो । युभेन्ट्सको जितमा एलेक्स सान्ड्रोले एक गोल गरे । युभेन्ट्सले एक आत्मघाती गोलको उपहार पाएको थियो ।

प्रकाशित: ८ वैशाख २०७६ ०१:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App