लन्डन - लिभरपुल च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। बुधबार राति भएको क्वाटरफाइनलको दोस्रो लेगमा एफसी पोर्टोलाई ४–१ ले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो। पहिलो लिगमा २-० ले विजयी भएको लिभरपुल समग्रमा ६–१ ले विजयी भएको हो।
सेमिफाइनलमा उसको भिडन्त बार्सिलोनासँग हुनेछ। पहिलो हाफमा १-० ले अगाडी रहेको लिभरल पुलले बाँकी ३ गोल खेलको दोश्रो हाफमा गरेको हो। दोश्रो हाफको ६५ औं मिनेटमा मोहम्म सलाहले गरेका थिए। यसैगरी खेलको ७७ औ मिनेटमा रोबर्टो फिरमिनोले टोलीका लागि तेश्रो गोल गर्दा ८४ औं मिनेटमा भान डिजेकले चौथो गोल गरे। पोर्टोका लागि एकमात्र गोल मिलिताओले गरेका थिए।
प्रकाशित: ५ वैशाख २०७६ ०१:३३ बिहीबार