२७ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

दाउफिन्सलाई मनमोहन कपको उपाधि

उपाधिका साथ दाफिन्सका खेलाडी। तस्बिर: चुमन बस्नेत

सुनसरी–सुनसरीको दुहवीमा भएको तेस्रो मनमोहन कप फुटबल प्रतियोगिताको उपाधि क्यामरुनको दाउफिन्स फुटबल क्लबले जितेको छ।

पहिलो पटक यस प्रतियोगितामा सहभागिता भएको दाउफिन्सले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई सडेन डेथको आधारमा पराजित गर्दै उपाधि जितेको हो। खेलको निर्धारित समयमा दुवै टोलीबाट गोल नभएपछि खेलको निर्णय टाइब्रेकरबाट भएको थियो। 

टाइब्रेकरमा समेत ४–४ गोलको बराबरी भएपछि खेल सडेन डेथमा गएको थियो। दुवै टोलीले निर्धारित समयमा खासै गोलका प्रयास भने गरेनन्। दुवै टोली अधिकांश समय रक्षात्मक खेले पनि अन्तिम समयमा आक्रमक भएका थिए। 

खेल बराबरीपछि भएको टाइब्रेरमा आर्मीका लागि नवयुग श्रेष्ठ, टेकबहादुर बुढाथोकी, सन्तोष तामाङ र बिवेक बस्नेतले गोल गरे भने पहिलो प्रहार गरेका भरत खवासको प्रहारलाई गोलरक्षकले समातेका थिए। त्यसपछि सडेन डेथमा सुमन अर्याल, दीपक गुरुङ, सेसिहङ आङ्देम्बेले गोल गरे भने विकास खवासको प्रहार सीधा पोलमाथि गएको थियो। 

दाउफिन्सका लागि टाइब्रेकरमा जो अंजुला, पेन्गा, लियङ र वियिकले गोल गरे भने ओनगुन जुनियरको प्रहार बाहिरियो। त्यसपछि सडेन डेथमा प्रिस्सो, नी, कोनो र ओके बोटोले गोल गर्दै उपाधि दिलाए। आर्मीसँग झापा गोल्डकप र आहा गोल्डकपको पराजयको बदला दाउफिन्सले मनमोहन गोल्डकपमा लियो।

दाउफिसन्ले उपाधि जित्दै नगद ६ लाख र उपविजेता आर्मीले नगद ३ लाख रुपैयाँमा चित्त बुझायो। आर्मीले मनमोहन गोल्डकप फुटबल प्रतियोगिताको पहिलो संस्करणको उपाधि पनि जितेको थियो। अघिल्लो दोस्रो संस्करणको फाइनलमा मनाङ् मस्र्याङ्दी क्लबसँग आर्मी पराजित बनेको थियो।

१२औं मिनेटमा आर्मीका भरत खवासले बक्स लाइनबाट गरेको प्रहार बाहिरियो। ५४औं मिनेटमा सन्तोष तामाङको प्रहार पोल माथिबाट बाहिरियो। दाउफिन्सका लागि ७६औं पेटङ््गाको पासमा टिनाले गरेको प्रहार गोल भए पनि रेफ्रिले फउल भन्दै गोल अस्वीकार गरे। त्यससमयमा लाइन्समेन गोलको इशारा देखाए।

म्यान अफ दी म्याच घोषित आर्मीका सुमन आर्यालले नगद १० हजार रुपैयाँ प्राप्त गरेका थिए। उत्कृष्ट डिफेन्डरमा आर्मीकै विकास खवास भए। विधागत उत्कृष्टअन्तर्गत मिडफिल्डरमा दाउफिन्सका ओनगुन जुनियर, फरवार्ड आर्मीका भरत खवास र सर्वाधिक गोलकर्ता आर्मीका टेकबहादुर बुढाथोकी भए।

विधागत उत्कष्टले नगद १५ हजार र ट्रफि पाए।  सर्वोत्कृष्ट खेलाडी आर्मीका सन्तोस तामाङ घोषित भए। सन्तोषले २५ हजार नगद र ३२ इन्च टिभी प्राप्त गरे। विजेतालाई दुहवी नगरपालिकाका मेयर बेदनारायण गच्छदारलेले नगद पुरस्कार, शिल्ड तथा मेडल वितरण गरेका थिए।
 
 

प्रकाशित: २४ चैत्र २०७५ ०४:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App