१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

म्यानकडमा स्पष्ट नीति आवश्यक : बट्लर

लन्डन– इन्डियन प्रिमियर लिग (आइपिएल)मा म्यानकडका सिकार भएका इङ्ल्यान्डका ब्याट्सम्यान जोस बट्लरले बिहीबार यस्ता घटनामा स्पष्ट नीति हुनुपर्ने बताएका छन्।

राजस्थान रोयल्सबाट खेलिरहेका बटलर मार्च २५ मा किङ्स इलेभेन पन्जाबविरुद्धको खेलमा कप्तान रवीचन्द्रन आश्विनबाट म्यानकडको सिकार बनेका थिए।

क्रिकेट खेलमा भारतीय पूर्वखेलाडी भिनो म्यानकडको नामबाट यो पद्धति अपनाइँदै आइएको छ। नियममा त यसले मान्यता पाए पनि नैतिकतामा भने यसबारे प्रश्न उठाउन थालिएको छ। ब्याट्सम्यानलाई कुनै चेतावनीबिना यस्तो निर्णय लिनु खेलभावनाविपरीत भएको बताउँदै आइएको छ।

खेलमा आश्विनले बट्लर अगाडि बढेको मौकामा स्टम्पिङ गरेका थिए। 

‘आश्विनको उक्त व्यवहारपछि म निकै दुखित भएको थिएँ। मलाई यस्तो घटना मन पर्दैन,’ इङ्ल्यान्डका ब्याट्सम्यान बट्लरले भने।

यसअघि २०१४ मा श्रीलंकाका ब्याट्सम्यान सचिथ्रा सेन्नायेक इङ्ल्यान्डविरुद्धको खेलमा यस्तै घटनाको सिकार भएका थिए।

‘यो घटनाले त्यसपछिका खेलमा मलाई निकै चनाखो रहन बाध्य बनायो,’ बट्लरले थपे, ‘जितको सँघारमा रहेको बेला चलाखीपूर्ण तरिकाले बटुलेको रनले खेलमा पल्ला भारी आउँछ। कुनै बेला जित पनि सम्भव हुन्छ भने कुनै बेला खेलाडीको करियरलाई पनि अर्थ राख्छ।’

क्रिकेटको नियम प्रतिपादक संस्था मेरिलोबन क्रिकेट क्लब (एमसिसी)ले बनाएको नियममा म्यानकड खेलभावनाविपरीत भएको उल्लेख गरेको छ।

 

प्रकाशित: २२ चैत्र २०७५ ०४:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App