२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
खेल

रेखा थापा फ्रेन्चाइज क्लबकाे मालिक

काठमाडौं– नायिका रेखा थापा क्रिकेट टाेलीकाे फ्रेन्चाइज मालिक बनेकी छिन्। बलिउडमा शाहरुख खानसहित विभिन्न कलाकारले क्रिकेट क्लब सञ्चालन गरिरहेका बेला रेखाले काठमाडौं सुपर च्याम्पियन्स क्लबकाे फ्रेन्चाइज मालिक बनेकी हुन्। आफू काठमाडौं सुपर च्याम्पियन्सकाे मालिक बनेकाे रेखाले नागरिक न्यूजलाई जानकारी दिइन।

रेखाको क्लबले पहिलो महिला टि–ट्वान्टी फ्रेन्चाइज क्रिकेट प्रतियोगितामा सहभागिता जनाउने छ। आयोजक एनसीएल स्पोट्सले सोमवार प्रतियोगितामा सहभागी जनाउने टोली, फ्रेन्चाइज मालिक र खेलाडीको नाम सार्वजनिक गरेको छ। जसमा रेखाको क्लब काठमाडौं सुपर च्याम्पियन्स पनि परेको छ। 

काठमाडौंसहित विराटनगर रोअरिङ लायोनेश, भैरहवा क्विन्स, धनगढी वन्डर वुमन पनि सहभागी टिम हुन्। प्रतियोगिता वैशाख ७ देखि १४ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ। 

प्रकाशित: ४ चैत्र २०७५ ११:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App