१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

गण्डकी प्रदेशलाई हक्कीको उपाधि

राष्ट्रिय हक्कीको उपाधिका साथ गण्डकी प्रदेशका खेलाडी। तस्बिरः नागरिक

झापा – प्रथम शिखर पुरुष गिरिजाप्रसाद कोइराला स्मृति राष्ट्रिय हक्की लिग प्रतियोगिताको उपाधि गण्डकी प्रदेशले जितेको छ। झापाको भद्रपुरमा आयोजित प्रतियोगिताअन्तर्गत बुधबार भएको खेलमा गण्डकी प्रदेशले विभागीय टोली नेपाल आर्मीलाई १–० गोलमा पराजित गर्दै उपाधि जितेको हो।

उपाधि चुमेसँगै गण्डकीले नगद २० हजारसहित ट्रफी पायो भने उपविजेतामा चित्त बुझाएको आर्मीले नगद १५ हजारसहित ट्रफी तथा मेडल पायो। त्यस्तै तेस्रो स्थानका लागि भएको खेलमा सुदूरपश्चिम प्रदेशले सडेन डेथका आधारमा प्रदेश १ लाई पराजित गरेको थियो। सुदूरपश्चिम तेस्रो हुँदै नगद ५ हजारसहित ट्रफी तथा मेडल पाए।

फाइनल खेलमा आर्मी र गण्डकीले उपाधी जित्न मैदानमा आक्रमक पारी खेलका थिए। तेस्रो क्वाटर अर्थात् ४५ मिनेटसम्म दुवै टिमले गोल लगाउन सकेन। खेलको अन्तिम समयमा गण्डकीका श्रवण कुमारले पेनाल्टी कर्नरमा निर्णायक गोल गर्दै टिमलाई उपाधि दिलाए। कुमारले डि बक्सभित्र गोलकिपरलाई बिट गर्दै ५७ औं मिनेटमा गोल गरे। खेलको म्यान अफ द म्याच गण्डकीका गोलरक्षक प्रकाश खानिया भए।

प्रतियोगिताको उत्कृष्ट खेलाडी गण्डकीका श्रवण कुमार, उत्कृष्ट गोलकर्ता आर्मीका राम साह, उत्कृष्ट गोलरक्षक आर्मीका पुरन एल र उदयमान खेलाडी प्रदेश १ का अनिष मगर भए। उनीहरुले नगद ५ हजार र ट्रफी पुरस्कार पाए।

खेलाडीहरुलाई प्रदेश सांसद ओमप्रकाश सरावगी, नेपाल हक्की संघका केन्द्रीय अध्यक्ष उमेशलाल श्रेष्ठ, केन्द्रीय सचिव रञ्जन थापा, झापा खेलकुद विकास समितिका अध्यक्ष शंकर थापा, पूर्व एआइजी अमरसिंह साहलगायतले पुरस्कार वितरण गरेका थिए।

राष्ट्रिय खेलकुद परिषद्को संयोजन तथा नेपाल हक्की संघको आयोजनामा पूर्वमा ३० वर्षपछि भएको राष्ट्रिय हक्की प्रतियोगितामा कर्णाली प्रदेश बाहेक ६ वटा प्रदेश र नेपाल आर्मीको सहभागितामा रहेको थियो।

प्रकाशित: २ फाल्गुन २०७५ ०४:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App