२३ आश्विन २०८१ बुधबार
image/svg+xml
खेल

मदन भण्डारी स्मृति गोल्डकप : मेची नेत्रालयलाई सफलता

काकडभिट्टाका खेलाडीबिरुद्ध पाहुना टीम क्यामरुनका खेलाडी (सेतो जर्सी) वल अघि बढाउने प्रयासमा। तस्बिर : नागरिक

इटहरी - दाफिन फेमेली फुटबल क्लब क्यामरूनलार्इ टाइबेकरमा ४-३ मेची नेत्रालय काकडभिट्टा झापा इटहरीमा सुरु भएको दोस्रो मदन भण्डारी स्मृति गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा विजयी भएको छ। इटहरी रंगशालामा शनिबार भएको उद्घाटन खेलमा दाफिन फेमेली फुटबल क्लब क्यामरुनलाई टाइब्रेकरका आधारमा ४–३ गोल अन्तरले पराजित गदै काकडभिट्टा सेमिफाइनलमा प्रवेश गरेको हो।

निर्धारित समयमा गोलरहित भएपछि खेल टाइब्रेकरतर्फ धेकेलिएको थियो। टाइब्रेकरमा काकडभिट्टाका निराजन खड्का, विकास राई, दिप कार्की र निरज बस्नेतले गोल गरे भने भूषण लिम्बुले गरेको प्रहार वल गोलरक्षकले बचाए।
क्यामरुनका नजमा यानिसिक, विगविग र मानिकले गोल गरेका थिए। जो एनजिलाले गरेको  प्रहार गोल रक्षकले आकर्षक ढंगले बचाउ गरे। खेलको म्यान अफ दि म्याच मेची नेत्रलयका गोलरक्षक दिप कार्की भए। उनले १० हजार नगद पाए।

दुवै टीमले थुप्रै पोल एटेमको अवसर पाएपनि वल बारमा लागेर बाहिरिएको थियो।  बिजयी टीम काकडभिट्टाका टीम कोच मीनबहादुर बस्नेतले खप्तडमा भर्खरै सकिएको खेलमा क्यामरुनले खेलेको नियालेकाले गर्दा सहजै जित निकाल्ने आशाले खेल खेलेको र सफल भएको बताए। ‘हाम्रो टीमको भनेजस्तो म्याच भने भएन। म्याच राम्रोसँग भएको भए अरु गोल लगाउने थियौं,’ उनले भने, ‘क्यामरुनको  एकदमै रफ खेलाईले गर्दा पनि हाम्रो टीमले राम्रोसँग खेल प्रदर्शन गर्न सकेन।’

उनले  ग्राउण्ड घाँसे भएकाले गर्दा पहिलोपटक चिप्लिएर खेललाई केही असर गरेपनि अब दोस्रो चरणको खेलमा अर्को रणनीति बनाएर खेल्ने बताए। इटहरीमा यसअघि इटहरी गोल्डकप र दानबहादुर फूयँल स्मृति गोल्डकपको नाममा भएका खेलमा दुईपटक काकडभिट्टाले उपाधि हात पारेको थियो। क्यामरुनका टीम को अडिनेटर आशिष थापा मगरेले ‘ब्याडलक’ ले गर्दा हार बेर्होनु परेको बताए। ‘पेलान्टीमा गएपछि जित र हार भइहाल्छ। लकले नै हामीलाई साथ दिएन्। त्यही भएर हार्नु पर्‍यो,’ उनले भने, ‘पाएको मौकाको सदुपयोग भएन्। खेलाडीले पनि अपेक्षा गरे अनुसार खेल्न पनि सकेनन्।’ क्यामरुनको नेपालमा मदन भण्डारी गोल्डकपमा दोस्रो सहभागिता हो।  क्यामरुनले केही दिनअघि भएको खप्तड गोल्डकपमा वललाई प्रोजेसन राखेर खेलेपनि इटहरीमा वललाई पोजिसनमा राखेर खेलाडीले खेल्न सकेनन्।

शनिबारको बिजेता मेची नेत्रलयले नेपाल आर्मी र थ्रि स्टारबीच हुने तेस्रो क्वाटर फाइनलको बिजेतासँग माघ १६ गते सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ। खेलकुद मन्त्री जगतबहादुर सुनार विश्वकर्माबाट उद्घाटन गरिएको खेलपूर्वमै सवैभन्दा बढी पुरस्कार राशी राखिएको गोल्डकप हो। मदन भण्डारी गोल्डकपको बिजेतालाई १६ लाख र उपविजेतालाई आठ राशी पुरस्कार रहेको छ।  माघ १९ गतेसम्म चल्ने प्रतियोगितामा अघिल्लो वर्षको मदन भण्डारी स्मृति इटहरी गोल्डकपको वजेतालाई एघार लाख र उपबिजेता टीमलाई पाँच लाख रासी पुरस्कार दिइएको थियो। ‘यो वर्ष विजेता टीमलाई प्रदान गरिने शिल्ड मदन भण्डारीको अर्धकदको तस्बिरमा चादी र सुन हुनेछ,’ आयोजक टीमका अनुरोध थापाले भने।

इटहरीमा मदन भण्डारी गोल्डकप दोस्रो संस्करण हुने भएपनि पूर्वकै पूरानो राष्ट्रिय जागृति क्लबको आयोजनामा आठौं संस्करणसम्म हुदैं आएको स्वर्गीय दानवहादुर फूयँल स्मृति गोल्डकप फुटबल प्रतियोगितालाई परिमार्जन गरी तीन बर्षसम्म इटहरी गोल्डकपको रुपमा खेल हुदैं आएको थियो। अघिल्लो वर्षदेखि भने मदन भण्डारी गोल्डकपलाई निरन्तरता दिन थालेको हो।  प्रतियोगितामा दुई विदेशी टिम र नेपालका ‘ए’ डिभिजन क्लब गरी आठ टिमको सहभागिता रहनेछन्। विदेशी टीममा बाफिन्स फुटबल क्लब क्यामरुन र सिएफसी भूटान भूटान सहभागी छन्। नेपालका तर्फबाट विभागिय टिम नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, मनाङ् मर्स्याङ्दी क्लब, थ्री स्टार क्लब, मेची नेत्रालय काकडभिट्टा फुटबल टेनिङ् सेन्टर र आयोजक राष्ट्रिय जागृति क्लब इटहरीको सहभागिता रहनेछ।

गोल्डकपमा बिजेता र उपबिजेताबाहेक सर्वोत्कृष्ट खेलाडीलाईं ४२ इन्चको टिभीसहित नगद ३० हजार प्रदान गरिनेछ। यस्तै, प्रत्येक खेलको म्यान अफ दि म्याचलाईं दस हजार र विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई जनही २० हजार रुपैयाँ प्रदान गरिनेछ। विभिन्न विधा अन्तर्गत सर्वोत्कृष्ट गोलकिपर, डिफेन्डर, मिड फिल्ड, फर्वाड र प्रशिक्षकलाई पुरस्कार दिइनेछ। यस्तै, सर्वाधिक गोलकर्तालाई तीस हजार नगद पनि प्रदान गरिनेछ। प्रतियोगिता अन्तर्गत आइतबारको खेल मनाङ् मर्स्याङ्दी क्लब काठमाडौं र आयोजक राष्ट्रिय जागृति क्लबबीच हुनेछ।

प्रकाशित: १३ माघ २०७५ ०२:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App