१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

आर्मीको विजयी सुरुआत

मकवानपुर – सहाना प्रधान स्मृति प्रथम महिला राष्ट्रिय हक्की प्रतियोगितामा नेपाल आर्मीले विजयी सुरुआत गरेको छ। नेपाल हक्की संघको आयोजनामा सोमबारदेखि हेटौंडामा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा आर्मीले प्रदेश नम्बर १ लाई पराजित गरेको हो।

लिग कम नकआउटका आधारमा समूह ‘क’ मा रहेको आर्मीले प्रदेश नम्बर १ लाई ६–० को फराकिलो गोलअन्तरले पराजित गरेको हो। सोमबारै भएको दोस्रो खेलमा प्रदेश नम्बर २ लाई पराजित गर्दै प्रदेश नम्बर ३ विजयी भएको छ। प्रदेश नम्बर ३ ले प्रदेश नम्बर २ लाई २–० गोलअन्तरले पराजित गर्न सफल भएको हो।

प्रतियोगितामा ५ र ६ नम्बरबाहेक ५ वटा प्रदेश र आर्मी गरी छ टिमका ९६ जना खेलाडीको सहभागिता रहेको छ। माघ ११ गतेसम्म हुने प्रतियोगिताका लागि ११ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको हक्की संघका केन्द्रीय सदस्य तथा कार्यक्रम संयोजक मनोज शर्माले बताए। प्रतियोगितामार्फत राष्ट्रिय टिमको छनोट हुने बताइएको छ।

प्रकाशित: ८ माघ २०७५ ०४:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App