२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
खेल

युएईसँगको सिरिज खेल्न स्वदेश फर्किए सन्दीप

काठमाडौं–  युएईसँगको तीन एकदिवसीय र तीन टी–ट्वान्टी  खेलका लागि सन्दीप लामिछाने स्वदेश फर्किएका छन्। बंगलादेशमा जारी बंगलादेश प्रिमियर लिग (बिपीएल) खेलिरहेका लामिछाने सोमबार बेलुकी काठमाडौं आइपुगेका हुन्। युएईसँगको खेल माग ११ देखि सुरु हुँदैछ। 

नेपाली टोली युएईसँगको तीन एकदिवसिय र तीन टी–ट्वान्टी सिरिज खेल्न मंगलबार युएई प्रस्थान गर्दै छ। अस्ट्रेलियाको बिग ब्यास लिगमा ४ खेल खेलि बंगलादेश गएका लामिछानले  बीपीएलका ६ खेल खेलका छन। अस्ट्रेलियाको बिग ब्यास लिगमा मेलबर्न स्टार्सबाट चार खेल खेलेका लामिछानेले उत्कृष्ट प्रदर्शन गर्दै ८ विकेट लिएका थिए। 

नेपालले युएईसँग आफ्नो पहिलो एकदिवसिय खेल माग ११ गते खेल्नेछ। त्यस्तै दोस्रो एकदिवसिय माग १२ मा खेल्ने छ भने अन्तिम तथा तेस्रो एकदिवसिय खेल माग १४ मा खेल्ने छ। त्यसैगरी नेपालले युएईसँगै आफ्नो पहिलो टी–ट्वान्टी माग १७ मा खेल्ने छ भने दोस्रो र तेस्रो टी–ट्वान्टी क्रमश माग १८ र माग २० मा खेल्ने छ। युएईसँगको सिरिजका लागि पारस खड्काको कप्तानीमा १५ सदस्यीय टोली यसअघि नै घोषणा गरिएको थियो।

प्रकाशित: ७ माघ २०७५ १४:१८ सोमबार

क्रिकेट सन्दीप_लामिछा