१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

पुनरागमन जितका साथ बार्सिलोना कोपा डेल रे फुटबलको क्वाटरफाइनलमा

काठमाडौं – बार्सिलोनाले स्पेनिस कोपा डेल रे फुटबलमा उत्कृष्ट पुनरागमन गर्दै क्वाटरफाइनलको यात्रा तय गरेको छ। बिहीबार राति घरेलु मैदानमा सम्पन्न खेलमा बार्सिलोनाले लेभान्टेलाई ३–० ले पराजित गर्दै समग्रमा खेल ४–२ ले आफ्नो पक्षमा पार्दै अघिल्लो चरणमा स्थान बनायो।

बार्सिलोना लेभान्टेको मैदामा भएको पहिलो लेगमा २–१ ले पराजित भएको थियो। बार्साले खेलको ३० औं मिनेटमा उस्मान डेम्बेलेको गोलमा अग्रता लिएको थियो। त्यसको १ मिनेटपछि पुनः डेम्बेलेले अर्को गोल थप्दै टोलीको अग्रता दोब्बर पारे।

पहिलो हाफमा २–० को अग्रता लिएको बार्सिलोनाका लागि ५४ औं मिनेटमा लियोनल मेस्सीले टिमका लागि तेस्रो गोल थपे। २–१ को अग्रता सहित नाउ क्याम्प पुगेको लेभान्टे त्यसपछि खेलमा फर्कन सकेन र प्रि क्वाटरफाइनलबाटै बाहिरियो।

यद्यपी, साविक विजेता बार्सिलोनालाई प्रतियोगिताबाट बाहिरिने खतरा बढेको छ। बार्साले पहिलो लेगमा अयोग्य खेलाडी खेलाएको भन्दै लेभान्टेले स्पेनिस फुटबल संघमा आरोप दर्ता गर्ने भएको छ। बी टिमबाट खेल्दा पहलो कार्ड पाएका १९ वर्षीय डिफेण्डर जुहान बर्नाटेरिज १ खेल प्रतिबन्धमा पर्नुपर्ने लेभान्टेको भनाई छ। उनलाई पहिलो खेलमा खेलाएर बार्साले नियम मिचेको आरोप लेभान्टेको छ।

तर, गत नोभेम्बरमा नियम परिवर्तन भएकाले कोपामा खेलाडी निलम्बन नहुँने बार्सिलोनाको भनाई छ। सन् २०१५ मा प्रतिबन्धित खेलाडी खेलाएको आरोपमा रियल मड्रिडलाई कोपाबाट निस्कासन गरिएको थियो।

प्रकाशित: ४ माघ २०७५ ०३:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App