२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
खेल

सन्दीपको टोली सिल्हेटको पहिलो जित

काठमाडौं – नेपाली युवा बलर सन्दीप लामिछाने विकेट लिन असफल खेलमा उनको टिम सिल्हेट सिक्सर्सले बुधबार बंगलादेश प्रिमियर लिग क्रिकेटमा पहिलो जित निकालेको छ।

ढाकामा भएको लिगको दोस्रो खेलम सन्दीपको टोली सिल्हेटले चिटागोङ भिकिङ्समाथि ५ रनको रोमाञ्चक जित निकाल्दै पहिलो सफलता हात पारेको थियो। विकेट लिन नसके पनि सन्दीपले चार ओभरमा किफायती बलिङ गर्दै २१ रन मात्र खर्चिएका थिए। उनले एक मात्र बाउन्ड्री बेहोरेको थिए।

सिल्हेटको जितमा निकोलस पोरन र तस्किन अहमदले उत्कृष्ट प्रदर्शन गरेका थिए। पोरनले अर्धशतकीय पारी खेल्दा तस्किनले चार विकेट लिएका थिए। सिल्हेटले प्रस्तुत गरेको १ सय ६९ रन पछ्याएको चिटागोङले निर्धारित २० ओभर नै खेल्दै ७ विकेटको क्षतिमा १ सय ६३ रन मात्र बनाएपछि हार बेहोरेको थियो।

सिल्हेटका बलरले लय बलिङ गर्दै आफ्नो टोलीको मध्यम लक्ष्य जोगाएका थिए। चिटागोङका लागि रोबि फ्रिलिंकले अविजित ४४ रन बनाए पनि आफ्नो टिमलाई जित दिलाउन सकेनन्। सिकन्दर राजाले ३८ रन, क्यामरुन डेलपोर्टले ३७ रन र मोहम्मद अस्रफुल बनाए पनि  चिटागोङको जितका लागि पर्याप्त रहेन।

सिल्हेटका तस्किनले चार ओभरमा २८ रन खर्चिंदै ४ विकेट लिँदा अलोक कपिलले २ निकालेका थिए। सिल्हेटका बलरले समालिएर बलिङ गर्दै चिटागोङको जित रोकेका थिए। त्यसअघि सिल्हेटले निकै खराब सुरुआतका बाबजुद कप्तान डेविड वार्नर र पोरनको आक्रामक ब्याटिङको मद्दतले मध्यम स्कोर खडा गरेको थियो।

पहिलो ओभरको दोस्रो बलमै सिल्हेटका ओपनर लिटन दास खाता नखोल्दै आउट भएका थिए। त्यसलगत्तै दोस्रो ओभरमा नासिर हुसेन ३ रनमा र तेस्रो ओभरमा सबिर रहमान पनि खाता नखोल्दै आउट भएपछि सिल्हेटको इनिङ धरमराएको थियो। तर, चौथो विकेटका लागि वार्नर र अफिफ हुसेनले ७१ रनको साझेदारी गर्दै सिल्हेटका इनिङ उकासेका थिए।

हुसेन पनि ४५ रन बनाएर आउट भए। वार्नरले पाँचौं विकेटका लागि पोरनसँग ७० रनको साझेदारी गरे पछि सिल्हेटको इनिङ मध्यम योगफल तर्फ अगाडि बढेको थियो। फ्रिलिंकको बलमा आउट हुनुअघि वार्नरले ५९ रन बनाउँदा दुई चौका र एक छक्का प्रहार गरेका थिए। पुरन भने ५२ रनमा नटआउट रहे।

उनले ३२ बलमा समान ३ चौका र  छक्का प्रहार गरेका थिए। चिटागोङका फ्रिलिंकले तीन विकेट लिँदा नहिम हसन र खालिद अहमदले समान एक विकेट लिएका थिए।  चिटागोङका बलरले आफ्नो लयलाई निरन्तरता दिन नसक्दा सिल्हेटलाई सामान्य योगफलमा समेट्न चुकेको थियो। 

प्रकाशित: २६ पुस २०७५ ००:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App