१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

अस्ट्रेलियाको संघर्ष जारी

अस्ट्रेलियाका मार्कुस ह्यारीसको विकेट लिएपछि भारतका खेलाडी । तस्बिर : एपी

सिड्नी – भारतीय स्पिनरले चम्केपछि अन्तिम तथा चौथो टेस्टमा शनिबार घरेलु टोली अस्ट्रेलिया संघर्षपूर्ण ब्याटिङ गर्दा अझै ३ सय ८६ रनले पछाडि छ।

सिड्नी क्रिकेट ग्राउन्डमा भारतीय स्पिनर कुलदीप यादवले ३ र रवीन्द्र जडेजाले २ विकेट निकालेपछि अस्ट्रेलियाले संघर्षपूर्ण ब्याटिङको सामना गरेको हो। तेस्रो दिनको समाप्तिमा अस्ट्रेलियाले २ सय ३६ रन बनाउँदा ६ विकेट गुमाइसकेको छ। यसअघि शुक्रबार नै भारतले ६ सय २२ रनमा ७ विकेट गुमाएपछि पहिलो इनिङ समाप्तिको घोषणा गरेको थियो।

अस्ट्रेलियालाई फलोअनबाट बच्न अझै २ सय ८७ रन आवश्यक छ। आइतबार पिटर ह्यान्ड्सकम्बले २८ र प्याट कमिन्सले २५ रनबाट चौथो दिनको सुरुआत गर्नेछन्। एक समय अस्ट्रेलियाले १ सय ९८ रनमा ६ विकेट गुमाएको थियो। तर, सातौं विकेटका लागि ह्यान्ड्सकम्ब र कमिन्सले ३८ रनको साझेदारी गर्दै अस्ट्रेलियाको इनिङलाई शनिबार जोगाएका थिए।

सिड्नी क्रिकेट ग्राउन्डमा भारतीय स्पिनर कुलदीप यादवले ३ र रवीन्द्र जडेजाले २ विकेट निकालेपछि अस्ट्रेलियाले संघर्षपूर्ण ब्याटिङको सामना गरेको हो।

१ सय २७ रनसम्म एक विकेट मात्र गुमाएको अस्ट्रेलियाको इनिङलाई भारतीय स्पिनरले उत्कृष्ट बलिङ गर्दै धराशयी पारेका थिए। कुलदीप यादवले तीन विकेट लिँदा ७२ रन खर्चिएका थिए। उनले अस्ट्रेलियाका ओपनर उसमान ख्वाजालाई २७ रनै पवेलियनको बाटो देखाउँदै भारतलाई ‘ब्रेक थ्रु’ दिलाएका थिए।

कुलदीपले अस्ट्रेलिया ब्याट्सम्यान ट्राभिस हेडलाई २० रनमा र कप्तान टिम पाइनेलाई ५ रनमा आउट गरेका थिए। जडेजाले दुई विकेटलिँदा ६२ रन खर्चिए। त्यस क्रममा उनले समालिएर ब्याटिङ गरेका मार्कुस ह्यारिसलाई ७९ रनमा पवेलियनको बाटो देखाएका थिए। अस्ट्रेलियाको दोस्रो विकेटका रूपमा आउट हुनुअघि ह्यारिसले ८ चौका प्रहार गरेका थिए।

दोस्रो अर्धशतक पूरा गरेका ह्यारिस अस्ट्रेलियाको तर्फ बाट शृंखलामा सर्वाधिक रन बटुल्न खेलाडीसमेत हुन्। ‘हामी विश्व नम्बर एक टिमसँग खेलिरहेका छौं। त्यसैले उनीहरूविरुद्ध खेल्नु त्यति सहज छैन,’ अस्ट्रेलियाका क्रिकेटर ह्यारिसले भने, ‘अझै पनि सानो सानो साझेदारी बनाउँदै भारतविरुद्ध राम्रो योगफल बनाउने लक्ष्य छ।’

पछिल्लो समय खराब फर्मबाट गुज्रिरहेका सन मार्स ८ रनमा जडेजाको दोस्रो सिकार बनेए। गत वर्ष इङ्ल्यान्डविरुद्ध शतक प्रहार गरेका मार्स सट प्रहार गर्ने चक्करमा स्लिपमा रहेका अजिन्क्या रहानेद्वारा क्याच भए।

तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका मार्नुस लबुसचाग्ने पनि ३८ रनमा आउट भएका थिए। भारतका तीव्र गतिका बलर मोहम्मद सामीले उनलाई आउट गरे। अर्का तीव्र गतिका बलर जसप्रीत बुमराहले भने विकेट निकाल्न सकेनन्।

यसअघि भारतले पहिलो इनिङमा विशाल स्कोर बनाउँदा चेतेश्वर पुजाराले १ सय ९३ र ऋषभ पन्तले १ सय ५९ रनको योगदान दिएका थिए। चार खेलको शृंखलामा भारत २–१ ले अगाडि छ।

प्रकाशित: २२ पुस २०७५ ००:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App