२३ आश्विन २०८१ बुधबार
image/svg+xml
खेल

टोटेनह्याम प्रिमियर लिगको दोस्रो स्थानमा, हाजार्डको २ गोलमा चेल्सी विजयी

काठमाडौं – वर्नमाउथमाथि ५–० को फराकिलो जितसहित टोटेनह्याम इङ्लिस प्रिमियर लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ। जितसँगै टोटेनह्यामले १९ खेलबाट ४५ अंक जोडेको छ।

बुधवार राति घरेलु मैदानमा भएको खेलमा टोटेनह्यालाई जित दिलाउन सन ह्युङ मिनले २ तथा क्रिष्टियन इरिक्सन, ह्यारी केन र लुकास मोउराले एक–एक गोल गरे।

१६ औं मिनेटमा इरिक्सनले गोल गर्दै टोटेनह्यालाई अग्रता दिलाएका थिए। २३औं मिनेटमा ह्युङ मिनले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे। ३५ औं मिनेटमा ३५ औं मिनेटमा मोउराले गोल गरेपछि टोटनह्यामले पहिलो हाफमा ३–० को अग्रता लिएको थियो।

दोस्रो हाफमा वर्नमाउथलाई रोक्दै टोटेनह्यामले थप २ गोल गर्यो। ६१औं मिनेटमा ह्यारी केनले गोल गर्दै अग्रता ४–० मा पुर्याए। त्यस्तै ७० औं मिनेटमा ह्युङ मिनले ब्यक्तिगत दोस्रो तथा टिमका लागि पाँचौं गोल गरेपछि वर्नमाउथमाथि टोटेनह्यामले सानदार जित निकाल्यो। पराजित वर्नमाउथ भने २६ अंकसहित ११ औं स्थानमा छ।

त्यस्तै राति नै भएको अर्को खेलमा इडेन हाजार्डको २ गोलको मद्दतमा चेल्सीले वाट्फोर्डलाई २–१ ले पराजित गरेको छ। वाट्फोर्डको मैदानमा भएको खेलमा हाजार्डले पहिलो हाफको इन्ज्युरी समयमा गोल गर्दै टोलीलाई अग्रता दिलाए। तर, पहिलो हाफकै इन्ज्युरी समयमा वाट्फोर्ड रोबर्टो पेरेराले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए।

५८ औं मिनेटमा हाजार्डले पेनाल्टीमा गोल गर्दै टोलीलाई २–१ को अवस्थामा पुर्याए। त्यसपछि निर्धारित र इन्ज्युरी समयमा कुनै गोल नभएपछि चेल्सीले बाजी मार्यो। जितसँगै १९ खेलबाट ४० अंक बनाएको चेल्सी चौंथो स्थानमा छ। पराजित वाट्फोर्ड भने २७ अंकका साथ ९ औं स्थानमा छ।

प्रकाशित: १२ पुस २०७५ ०८:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App