७ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

पाेखराकाे उपाधि यात्रा सकियाे, काठमाडाैं ५ विकेटले विजयी

काठमाडाैं - लगातार चौथौं खेलमा हार व्यहोर्दै पोखरा राइनोज काठमाडौंमा जारी एभरेष्ट प्रिमियर लिगको उपाधि यात्राबाट बाहिरिएकाे छ। लिग चरणकाे एक खेल अगावै पाेखरा प्रतियाेगिताबाट वाहिरिने पहिलाे टाेली बनेकाे हाे।

त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा काठमाडौं किंग्स ११ ले पोखरालाई ५ विकेटले पराजित गर्‍याे। जितसँगै काठमाडौंले जारी प्रतियोगितामा दोस्रो जित दर्ता गरेको छ। यसअघिको खेलमा काठमाडौंले ललितपुरसँग १० विकेटको लज्जास्पद हार व्यहोरेको थियो। काठमाडौंले खेलेका ३ खेल मध्ये २ मा जित र १ मा हार व्यहोर्दै ४ अंक जोडेको छ। पाेखरा भने अंक विहिन हुँदै अंक तालिकाकाे पुछारमा रहेकाे छ।

पोखराले दिएको १ सय ६६ रनको विजयी लक्ष्य काठमाडौंले १९ दशमलव २ ओभरमा ५ विकेट गुमाउँदै पुरा गर्यो। काठमाडौंलाई जित दिलाउन केभिन ओव्रायनले महत्वपूर्ण इनिङ खेले। ओव्रायनले ३५ बलमा अविजित ५४ रन बनाए। यस्तै कप्तान रोहन मुस्तफाले ४० तथा सुव्रमनियन आनन्दले २७ रन जोडे। पोखराका विक्रम शोबले २ विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६५ रन जोडेको थियो। पोखराका लागि रिचर्ड लेभीले ३८ तथा कप्तान केल कोट्जर र पउल कग्लिनले समान ३७/३७ रन बनाए। काठमाडौंका विक्रम भुसाल र ओव्रायनले समान २/२ विकेट लिए।

पाेखराले अब अन्तिम खेलमा शनिबार चितवन टाइगर्ससँग दिउँसाे १ बजे खेल्नेछ भने त्यसअघि ९ बजे हुने खेलमा भैरहवा र काठमाडाैंबीच खेल हुनेछ। ललितपुर र भैरहवा अर्काे चरण प्रवेश गरिसकेका टाेलि हुन्।

 

प्रकाशित: २८ मंसिर २०७५ १०:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App