काठमाडौं – नेपाली राष्ट्रिय टोलीका उपकप्तान तथा ओपनिङ ब्याट्सम्यान ज्ञानेन्द्र मल्ललाई ट्विस्टर क्रिकेट किट्स निर्माता कम्पनीले प्रायोजन गर्ने भएको छ।
ट्विस्टरले ज्ञानेन्द्रलाई क्रिकेट किट्स र नगद गरेर दुई वर्षका लागि करिब १० लाख भारतीय रुपैयाँ (वार्षिक पाँच लाख ) बराबरको प्रायोजन गर्न लागेको हो। सम्झौतापत्रमा ज्ञानेन्द्र र ट्विस्टरको तर्फबाट केयूर देसार्इंले बिहीबार काठमाडौँमा सम्झौता गरे।
ज्ञानेन्द्रले गत शनिबारबाट सुरु भएको एभरेस्ट प्रिमियर लिग (इपिएल) को उद्घाटन खेलको क्रममा ट्विस्टरको ब्याट प्रयोग गर्न थालेता पनि सम्झौता भने बिहीबार भएको हो।
यसअघि भारतको यु–१९ तथा प्रथम श्रेणीका खेलाडीलाई प्रायोजन गरेको ट्विस्टरले पहिलो पटक अन्तर्राष्ट्रिय खेलाडीलाई प्रायोजन गर्न लागेको हो। यस्तै ट्विस्टरका किट्सहरू ज्ञानेन्द्रले सञ्चालन गरेको काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टरमा पाउने पनि उक्त कार्यक्रममा जानकारी दिइयो।
प्रकाशित: २८ मंसिर २०७५ ०४:३६ शुक्रबार