१० मंसिर २०८१ सोमबार
image/svg+xml
खेल

घिमिरे विश्व नेत्रहीन क्रिकेटको कोषाध्यक्ष

काठमाडौं – नेपालका पवन घिमिरे विश्व नेत्रहीन क्रिकेट परिषद्को कोषाध्यक्षमा निर्वाचित भएका छन्। काठमाडौंमै भएको दुईदिने साधारणसभा र अधिवेशनबाट पवन कोषाध्यक्षमा निर्वाचित भएका हुन्।

भारतका प्रतिद्वन्द्वी जोन डेविडलाई दुई मतको अन्तरले हराउँदै पवन कोषाध्यक्ष भएका हुन्। नेपाल नेत्रहीन क्रिकेट संघका अध्यक्षसमेत रहेका पवन विश्व नेत्रहीन क्रिकेटमा यसअघिको कार्यकालमा भने उपाध्यक्ष थिए।

बुधबार सम्पन्न निर्वाचनमा अन्य पदमा भने सर्वसम्मति भएको थियो। विश्व नेत्रहीन क्रिकेटको अध्यक्षमा भारतका माहन्तेस जिके, प्रथम उपाध्यक्षमा पाकिस्तानका सयद सल्मान बुखारी, द्वितीय उपाध्यक्षमा श्रीलंकाका चामिन्डा पुष्पकुमारा र महासचिवमा अस्ट्रेलियाका रेमन्ड मोक्सली सर्वसम्मत चयन भएका छन्। ग्लोबल डेभलपमेन्ट डाइरेक्टरमा दक्षिण अफ्रिकाका अर्मान्ड बम र टेक्निकल डाइरेक्टरमा पाकिस्तानका महर युसुफ हरुन चयन भएका हुन्।

यसअघि साधारसभाको राष्ट्रिय खेलकुद परिषद् (राखेप)का उपाध्यक्ष पीताम्बर तिम्सिनाले उद्घाटन गरेका थिए। साधारणसभामा आयोजक नेपालसहित भारत, पाकिस्तान, अस्ट्रेलिया, दक्षिण अफ्रिका, इङ्ल्यान्ड, न्युजिल्यान्ड, बंगलादेश र श्रीलंका सहभागी थिए। उक्त सभाले पहिलो पटक नेत्रहीन महिला क्रिकेटलाई पनि आधिकारिकता प्रदान गरेको छ।

नेपालले नेत्रहीन महिला क्रिकेट टोलीको सुरुआत गरेकाले बैठकले धन्यवाद दिँदै पाकिस्तानविरुद्धको खेलका लागि पनि शुभकामना व्यक्त गरेको थियो। सन् २००७ देखि नेपालले नेत्रहीन विश्व क्रिकेटको पूर्णकालीन सदस्यता प्राप्त गरेको थियो। त्यसयता नेपालले विश्वकप क्रिकेटमा सहभागिता जनाइसकेको छ।

प्रकाशित: २५ मंसिर २०७५ २३:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App