२१ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

तस्बिर : माेहन/नागरिक

स्याङ्जा - वालिङ ब्याडमिन्टन क्लबद्वारा आयोजित प्रदेश स्तरीय खुला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ। मंसिर २० गते देखि सुरु भएको प्रतियोगिता आइतबार सम्पन्न भएको हो।

प्रतियोगितमा तिन वटा विधामा स्पर्धा भएका थिए। डबल ‘ए’ (सिनियर), डबल ‘बी’ जुनियर र भेट्रान्स (४५ वर्ष माथि) विधामा प्रतिस्पर्धा भएका हुन्। डबल ‘ए’ तर्फ बिशाल बस्नेत र खेमराज खनाल च्याम्पियन बने। उनीहरुले दिनेश अर्याल र प्रताप सुवेदीको जोडीलाई  सोझो सेटमा पराजित गरेका हुन्। डबल ‘बी’ (जुनियर) तर्फ समिर थापा र मन बहादुर थापाको जोडी विजयी भए। मन बहादुर र समिर बाबुछोरा हुन्। उनीहरुको जोडीले फाइनलमा कुमार गुरुङ र रबिचन्द्र होडा (पोखरा) को जोडीलाई पराजित गरे। भेट्रान्सतर्फ लाल बहादुर आले र ङनु सुवेदीको जोडी विजेता बने। उनीहरुले निल बहादुर गुरुङ र मदन श्रेष्ठको जोडीलाई हराए।

प्रतियोगितामा विजेता जोडीले २० हजार, उपविजेताले १० हजार र सन्त्वनाले ५ हजार प्राप्त गरे। प्रतियोगितामा देशभरका ५८ जोडीको सहभागिता थियो। विजयी खेलाडीहरुलाई वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष शोभाकान्त पौडेलले पुरस्कार हस्तान्तरण गरे।

प्रकाशित: २३ मंसिर २०७५ ११:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App