२३ आश्विन २०८१ बुधबार
image/svg+xml
खेल

लिभरपुल प्रिमियर लिगको शीर्ष स्थानमा, सालाहको ह्याट्रिक

काठमाडौं – लिभरपुल इङ्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ। शनिबार बेलुका सम्पन्न खेलमा मोहम्मद सालाहको ह्याट्रिकप्रेरित लिभरपुलले बर्नमाउथलाई ४–० को फराकिलो गोलअन्तरले पराजित गर्यो।

२५ औं मिनेटमा सालाहले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाए। पहिलो हाफमा १–० ले अघि रहेको लिभरपुलका लागि ४८ औं मिनेटमा रोबर्टो फिर्मिन्होको पासमा पुनः सालाहले ब्यक्तिगत दोस्रो गोल गर्दै टिमको अग्रता दोब्बर बनाए।

६८ औं मिनेटमा बर्नमाउथका कुकले आत्मघाती गोल गरेपछि लिभरपुल ३–० ले अगाडि रह्यो। ७७ औं मिनेटमा फेरी सालाहले लिभरपुलका लागि चौथो गोल गर्दै ह्याट्रिक पूरा गरे।

बर्नमाउथविरुद्ध ह्याट्रिक गरेसँगै सालाह लिभरपुलका लागि प्रिमियर लिगमा ५२ खेलमा ४० गोल पुरा गर्ने खेलाडी बनेका छन्। सालाहले फर्नान्डो टोरेसको ६० खेलमा ४० गोलको कीर्तिमान भंग गरिदिएका छन्। लिभरपुलको १६ खेलबाट ४२ अंक भएको छ। पराजित बर्नमाउथ २३ अंकसहित आठौं स्थानमा छ।

प्रकाशित: २३ मंसिर २०७५ ०५:५१ आइतबार

लिभरपुल प्रिमियर_लिग_फुटबल सालाह ह्याट्रिक