१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

फिफा वरीयतामा नेपाल एक स्थान तल

फाइल तस्बिर

काठमाडौं - फुटबलको सर्वोच्च निकाय विश्व फुटबल महासंघ (फिफा) ले बिहीबार डिसेम्बर महिनाका लागि सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल अघिल्लो महिनाभन्दा एक स्थान तल झरेको छ।

नोभेम्बर महिनामा १ सय ६१औं स्थानमा रहेको नेपाल एक स्थान तल झरेको हो। एसिया महादेशबाट इरान सबैभन्दा शीर्ष स्थानमा छ। इरान २९औं स्थानमा रहेको छ। यता दक्षिण एसियाबाट भारत सबैभन्दा अगाडि छ। ९७ औं स्थानमा भारत यथावत् छ भने माल्दिभ्स १ सय ५२औं स्थानमा छ। माल्दिभ्स पनि एक स्थान तल झरेको हो। दुई स्थान सुधार गरेको भुटान १ सय ८६ औं स्थान अटाउँदा दुई स्थान सुधार गरेको बंगलादेश १ सय ९२औं स्थानमा रहेको छ। यस्तै पाकिस्तान १ सय ९९ औं र श्रीलंका २ सय १औं स्थानमा यथावत् छन्।

डिसेम्बर महिनाका लागि जारी गरेको नयाँ वरीयताक्रममा शीर्ष पाँच देशको वरीयातामा कुनै परिवर्तन भएको छैन। बेल्जियम शीर्ष स्थानमा रहँदा विश्वकप विजेता  फ्रान्स दोस्रो, ब्राजिल तेस्रो, क्रोएसिया चौथो र इङ्ल्यान्ड पाँचांै स्थानमा छन्। एक स्थान सुधार गर्दै पोर्चुगल छैटौं स्थानमा उक्लिएको छ भने सातौं स्थानमा रहेको पोर्चुगलले एक स्थान गुमाएको छ। स्विट्जरल्यान्ड आठौं, स्पेन नवौं र डेनमार्क दशौं स्थानमा कायमै छन् भने अर्जेन्टिना र जर्मनी क्रमशः ११औं र १२औं स्थानमा छन्। 

 

प्रकाशित: १४ मंसिर २०७५ ०४:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App