१७ आश्विन २०८१ बिहीबार
image/svg+xml
खेल

आठौं राष्ट्रिय खेलकुद : जिल्ला छनोट शुक्रबारदेखि

काठमाडौं – दुई पटकसम्म मिति सरेको आठौं राष्ट्रिय खेलकुदको जिल्ला छनोट शुक्रबारदेखि  हुने भएको छ। प्रदेश–५ ले आयोजनाको जिम्मेवारी पाएको आठौं खेलकुदको जिल्ला छनोट ७७ जिल्लामा मंसिर १४ देखि २१ गतेसम्म सञ्चालन हुनेछ।

जिल्ला छनोटमा ३१ हजार ८ सय ४५ खेलाडीले सहभागिताका लागि नाम दर्ता गराइसकेको आठौं राष्ट्रिय खेलकुद– २०७५ तयारी सचिवालयका प्रमुख इन्द्रबहादुर कार्कीले जनाएका छन्। आठौं राष्ट्रिय खेलकुदमा समावेश ३५ मध्ये २० खेलको जिल्ला छनोट हुनेछ। २० खेलमा बक्सिङ, भारोत्तोलन, क्रिकेट, बास्केटबल र ह्यान्डबलको महिला जिल्ला छनोट हुने छैन।

यी ५ खेलको सीधै प्रदेश छनोट सञ्चालन गरिनेछ। जिल्ला छनोटका लागि २ करोड ७८ लाख ४० हजार रुपैयाँ बजेट पठाइसकेको सचिवालयले जनाएको छ। आठौंको केन्द्रीय प्रतियोगिताका लागि हालसम्म मिति तोकिएको छैन। आयोजक प्रदेश–५ ले निर्माण सम्पन्न भई नसकेकाले समयावधि थप्न माग गरिसकेको छ।  

प्रकाशित: ११ मंसिर २०७५ २३:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App