१४ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

‘ए’ डिभिजन लिग : मनाङ र एपिएफ भिड्दै

काठमाडौं – शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत मंगलबार (आज) को दोस्रो खेलमा लिगमा अपराजित टोली मनाङ मर्स्याङ्दी क्लब र लिगमा कमजोर प्रर्दशन गरिरहेको एपिएफविरुद्व खेल हुनेछ। खेल दिउँसो २ः३० बजेपछि एन्फा कम्प्लेक्स सातदोबाटोमा सुरु हुँनेछ।

लिगमा शतप्रतिशत जीत निकाल्ने मनाङ एक्लो टोली हो। एपिएफले एक हार, एक बराबरी र एक जितको नतिजा निकालेको छ। तेस्रोचरणको खेलमा उपाधि दाबेदार थ्रीस्टार क्लबलाई पराजित गरेको मनाङले त्यसअघि एनआरटी र ब्रिगेड ब्वाइजलाई पराजित गरेको थियो।

एपिएफले पहिलो खेलमा हिमालयन शर्पासँग गोलरहित बराबरी खेलको थियो। दोस्रो खेलमा फ्रेन्ड्सविरुद्व जित निकालेको एपिएफ तेस्रो खेलमा ब्रिगेड ब्वाइजससँग पराजित हुन पुगेको थियो।

प्रकाशित: ११ मंसिर २०७५ ०७:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App