काठमाडाैं - सशस्त्र प्रहरीको एपिएफ क्लब र त्रिभुवन अार्मी क्लब काठमाडौंमा जारी प्रधानसेनापति छैठौं अन्तर्राष्ट्रिय महिला फुटबलको उपाधीका लागि प्रतिष्पर्धा गर्ने भएका छन्।
सोमबार जङ्गी अड्डामा सम्पन्न सेमिफाइनल खेलमा आर्मि र एपिएफ विजयी भएका हुन्। आर्मीले प्रदेश २ को टोलीलाई ४–० ले पराजित गर्यो भने नेपाल पुलिस एपिएफसँग ३–० ले पराजित भयो। अार्मीकी दीपा रार्इ र एपिएफकी अनिता बस्नेत प्लेयर अफ दी म्याच घाेषित भए।
अार्मी र एपिएफबीच उपाधीका लागि बुधबार दिउँसाे १ बजे खेल हुनेछ।
प्रकाशित: १० मंसिर २०७५ ११:४८ सोमबार