२७ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

सुशीला र रमिसा सेमिफाइनलमा

काठमाडौं – दाङ अल्फा बक्सिङ ट्रेनिङ सेन्टरकी सुशीला थापा र नक्साल बक्सिङ क्लबकी रमिसा श्रेष्ठ शुक्रबार प्रथम नोभिस राष्ट्रिय बक्सिङ प्रतियोगिताअन्तर्गत महिला यु–१९ उमेरसमूहको ४८ केजीमुनि सेमिफाइनलमा प्रवेश गरेका छन्।

त्रिपुरेश्वरस्थित कभर्डहलमा भएको क्वार्टरफाइनलमा सुशीलाले कैलालीकी ज्योति चौधरीलाई र रमिसाले दाङकी सुषमा पुनमगरलाई हराउँदै सेमिफाइनलको यात्रा तय गरेका हुन् । सोही उमेरसमूहको ५१ केजीमुनि दमककी अरुना योङयाङले कैलालीकी दिव्या मिश्रलाई र नक्सालकी तेजी गुरुङले सुनसरीकी जोसिका श्रेष्ठलाई हराउँदै अन्तिम चारको यात्रा पक्का गरे।

नेपाल बक्सिङ संघको आयोजनामा भएको प्रतियोगिताको पुरुष यु–२४ उमेरसमूहअन्तर्गत ४९ केजी तौलसमूहमा दाङका अभिशेक सुनार, काठमाडौंका दीपेश रार्ई, केन्द्रीय बक्सिङ प्रशिक्षण केन्द्र चितवनका सौगात सिवाकोटी र सुनसरीका विशाल राई सेमिफाइनलमा पुगे । सोही उमेरसमूहको ५२ केजीमुनि ललितपुरका बुद्ध ग्याम्जो लामा, दाङका पदम साही, केन्द्रीय बक्सिङ प्रशिक्षण केन्द्रका जीवन पुन र जिमखानाका अभिषेक अधिकारी सेमिफाइनलमा पुग्न सफल भए।

पुरुष यु–२४ उमेरसमूहकै ५६ केजीमुनि कास्कीका पुरन रासकोटी, सुनसरीका रोविन घिमिरे, भक्तपुरका सुजन पौडेल र प्लाटिनमका इकेस लामाले अन्तिम चारको यात्रा तय गरे । सोही उमेरसमूहको ६० केजीमुनि रोल्पाका दिलबहादुर घर्तीमगर, जिमखानाका करण वज्राचार्य, पाल्पाका पीताम्बर सिञ्जाली र नक्सालका मौसम रानामगर पनि सेमिफाइनलमा पुगे।

यु–२४ उमेरसमूहकै पुरुष ६४ केजीमुनि नक्सालका मनीष भण्डारी, कास्कीका पवन गुरुङ, केन्द्रीय बक्सिङ प्रशिक्षण केन्द्र चितवनका कमल श्रेष्ठ र नक्सालका विवेकवीर सिंह तथा ६९ केजीमुनि जिमखानाका अनमोल घले, अल्फाका विवेक राना, रेज फिटनेसका कोसिस श्रेष्ठ र नक्सालका जोसेफ शाक्यले पनि सेमिफाइनलको यात्रा तय गरे।

सोही उमेरसमूहको ७५ केजीमुनि मेगदूतका यमन महर्जन, टीकाथलीका प्रिन्स खड्का, दाङका गणेश विक र प्लाटिनमका सुमन महर्जनले अन्तिम चारको यात्रा पक्का गरे । शनिबार सेमिफाइनल र फाइनल खेल हुने प्रतियोगिताका सदस्य दीपेन चन्दले जानकारी दिए।

प्रकाशित: ८ मंसिर २०७५ ०४:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App