२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
खेल

आर्मी र बर्दियाबीच उपाधि भिडन्त

आर्मीविरुद्ध ब्याटिङ गर्दै बर्दियाका खेलाडी। तस्बिर : नागरिक

मोरङ - विराटनगरमा जारी प्रथम रोनाल्ड म्याकुली कप क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लब र बर्दिया फाइनलमा प्रवेश गरेका छन्।

लिगका आधारमा सहिद रंगशाला विराटनगरमा भएको खेलमा आर्मीले ९ अंक, बर्दियाले ६ अंक, म्याग्दीले ३ अंक र झापाले शून्य अंक बनाए। अंकतालिकाका आधारमा शीर्ष दुई स्थानमा रहने आर्मी र बर्दियाबीच आज शनिबार फाइनल हुँदै छ।   

प्रतियोगिताअन्तर्गत शुक्रबार भएको पहिलो खेलमा आर्मीले बर्दियालाई ५७ रनले पराजित ग¥यो। बर्दियाले टस जितेर आर्मीलाई ब्याटिङ गर्न निम्तो दिएको थियो। आर्मीले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६५ रन बनायो। जसमा बद्री चौलागाईंले ३६, शान्तबहादुर पहरीले ३३ र रमेशबहादुर बानियाले २५ रन बनाए। बलिङमा बर्दियाका लिल चौधरीले २ विकेट, रामप्रसाद पौडेल र रूपलाल चौधरीले समान १/१ विकेट लिए।

१ सय ६६ रनको लक्ष्य भेटाउन आएको बर्दिया १२ ओभर ३ बलमा सबै विकेट गुमाउँदै १ सय ८ रनमै समेटियो। जसमा राधेश्याम चौधरी र रूपलाल चौधरीले समान २४÷२४ रन बनाए भने महेश चौधरीले १२ रन बनाएका थिए। बलिङमा आर्मीका म्यान अफ दी म्याच रमेश बानियाले ४, गीता पौडेलले ३ र भरत थापाले २ विकेट लिए।

त्यसै गरी, दोस्रो खेलमा म्याग्दीले झापालाई ५० रनले पराजित ग¥यो। झापाले टस जितेर फिल्डिङ रोज्दै म्याग्दीलाई ब्याटिङको मौका दियो। पहिले ब्याटिङ थालेको म्याग्दीले २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ९८ रन बनायो। जसमा म्यान अफ द म्याच सुनील रानाले १०३ रन, विनीता पुनले ३३ रन र लक्ष्मण बुढाले १४ रन बनाए। बलिङमा झापाका आकाश राई, होमेन्द्र ढुंगेल र दीपेश गुरागाईंले समान १/१ विकेट लिए।

१ सय ९९ रनको विजयलक्ष्यका साथ मैदानमा आएको झापा १९ ओभर ३ बल खेल्दै सबै विकेट गुमाएर १ सय ८४ रनमै समटियो। जसमा रविन जिमीले ३४ रन, दीपेश गुरागाईंले २७ रन, अभिषेक विक र दुर्गा चौलागाईंले समान १४/१४ रन बनाए। बलिङमा म्याग्दीका सरिता घिमिरेले ३ विकेट र सुनील राना र विशाल विकले समान २/२  विकेट लिए।

प्रकाशित: ८ मंसिर २०७५ ०१:५३ शनिबार

प्रथम_रोनाल्ड_म्याकुली_कप क्रिकेट_प्रतियोगिता