१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

आर्मी र बर्दिया शीर्ष स्थानमा

मोरङ – प्रथम रोनाल्ड म्याकुली कप क्रिकेट प्रतियोगितामा आर्मी र बर्दियाले लगातार जित हासिल गरेका छन्। विराटनगरको सहिद रंगशालामा जारी प्रतियोगिताको बिहीबार भएको खेलमा आर्मी र बर्दियाले जित निकाल्दै लिग चरणका खेलमा ६–६ अंकका साथ शीर्ष स्थान ओगटेका छन्। झापा र म्याग्दीले कुनै पनि खेल जित्न सकेका छैनन्। उनीहरूको अंक शून्य रहेको छ।

प्रतियोगिताअन्तर्गत बिहीबार भएको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले झापालाई ७ विकेटले पराजित गरेको हो।  टस जितेर झापाले पहिलो ब्याटिङ गर्दै २० ओभरमा ८ विकेट गुमाउँदै ९५ रन बनाएको थियो। जसमा प्रतीक दर्जी र दुर्गा चौलागाईंले समान १४÷१४ रन, दीपेश गुरागाईं र आकाश राईले समान १२÷१२ रन बनाए। बलिङतर्फ आर्मीका भरत थापाले ४ विकेट र सागर लामा २ विकेट लिए।

आर्मीले पाएको ९६ रनको लक्ष्य ८ ओभर ३ बलमा ३ विकेटको क्षतिमा लक्ष्य भेटाएको थियो। जसमा सागर लामाले ४० रन, म्यान अफ दी म्याच भरत थापाले १६ रन र चन्द्र धानुकले १३ रन बनाए। बलिङतर्फ झापाका प्रतीक दर्जीले २ विकेट र दीपेश गुरागाईंले १ विकेट लिए।

त्यसै गरी दोस्रो खेलमा बर्दियाले म्याग्दीलाई ७ विकेटले पराजित गरेको हो। बर्दियाले टस जितेर पहिलो ब्याटिङ गर्न म्याग्दीलाई आग्रह गरेको थियो। पहिलो ब्याटिङ थालेको म्याग्दीले २० ओभरमा ९ विकेट गुमाउँदै ९२ रन बनाएको थियो। जसमा राम गुरुङले ३४ रन र विनीता पुनले १६ रनको योगदान गरे। बलिङतर्फ बर्दियाका लिल चौधरीले ४ विकेट, रामप्रसाद पौडेलले २ विकेट र रूपलाल चौधरीले १ विकेट लिए।

९३ रनको विजयलक्ष्यका साथ मैदान आएको बर्दियाले १२ ओभर १ बल खेल्दै ३ विकेटको क्षतिमा लक्ष्य भेटाएको थियो। जसमा म्यान अफ दी म्याच लिल चौधरीले ३२ रन  र राधेश्याम चौधरीले १६ रन बनाए। बलिङतर्पm म्याग्दीका सुनील रानाले २ र आदेश बस्यालले १ विकेट लिए।

नेत्रहीन क्रिकेट संघले आयोजना गरेको प्रतियोगिताअन्तर्गत शुक्रबारको पहिलो खेल बर्दिया र आर्मी तथा दोस्रो खेल झापा र म्याग्दीबीच हुनेछ।

प्रकाशित: ७ मंसिर २०७५ ०४:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App