२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
खेल

सेन्चुरी क्रिकेटमा २३ टोली

काठमाडौं – एसएस इभेन्टले सोमबारबाट सुरु हुने पाँचाैं संस्करणको सेन्चुरी बैंक कर्पोरेट सुपर सिक्स क्रिकेट प्रतियोगितामा २३ टोलीले  सहभागिता जनाउने  बताएको छ।

सेन्चुरी बैंकको मुख्य प्रायोजनमा कीर्तिपुरस्थित त्रिभुवन  विश्वविद्यालयको क्रिकेट मैदानमा हुने प्रतियोगितामा सहभागी टोलीलाई आठ समूहमा विभाजन गरिएको आयोजकले बताएको छ। लिग कम नकआउट पद्धतिमा हुने प्रतियोगिताका प्रत्येक समूहका शीर्ष दुई टोली अन्तिम १६ मा प्रवेश गर्नेछन्। प्रतियोगिता ५ ओभरको हुनेछ।

बिहीबार सार्वजनिक गरिएको खेलतालिकाअनुसार समूह ‘ए’ मा ओभ डेभलपमेन्ट बैंक, सूर्य नेपाल र नबिल बैंक छन् भने समूह ‘बी’ मा  टेलिकम, सनराइज बैंक र टाइगर बु्रअरी तथा समूह ‘सी’ मा सिभिल बैंक र सेन्चुरी बैंक छन्। यस समूहको बाँकी एक टोलीको भने टुङ्गो लागेको छैन।

त्यस्तै समूह ‘डी’ मा सुबिसु, इसेवा र अन्नपूर्ण नेटवर्क प्रालि, समूह ‘ई’ मा एनएमबी बैंक, सिप्रदी कम्पनी लिमिटेड र कुमारी बैंक, समूह ‘एफ’ मा आइएमई ग्रुप, मेगा बैंक र नेपाल एसबिआई बैंक छन्। यता समूह ‘जी’ मा जनता बैंक, आइसिएफसी फाइन्यान्स र एनसिसी बैंक छन्।

पाँच दिनसम्म चल्ने प्रतियोगिताको विजेताले अर्को संस्करणमा निशुल्क सहभागिता जनाउन पाउनेछ। त्यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट ब्याट्सम्यान, बलर, फिल्डर र विकेटकिपरले ट्रफी हात पार्नेछन्।

प्रकाशित: ७ मंसिर २०७५ ०४:४६ शुक्रबार

सेन्चुरी_बैंक सुपर_सिक्स_क्रिकेट