१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

श्रीलंकाली स्पिनरको अनुशासित प्रदर्शन

इङ्ल्यान्डका खेलाडीको विकेट लिएपछि श्रीलंकाली बलर दिलरुवान परेरा । तस्बिरः एपी

क्यान्डी – स्पिनरहरूले अनुशासित प्रदर्शन गरेपछि श्रीलंकाले बुधबार दोस्रो टेस्टमा इङ्ल्यान्डलाई पहिलो इनिङमा २ सय ८५ रनमा सीमित पारेको छ।

पहिलो दिनको समाप्तिमा श्रीलंका २६–१ मा खेलिरहेको छ र टोली २ सय ५९ रनले पछि छ । ओपनर दिमुथ करुणारत्ने अविजित १९  रनमा खेलिरहेका छन् । ४२ बल खेलेका डिमुथले १ चौका प्रहार गरे । श्रीलंकाले कौशल सिल्भालाई २२ रन जोड्दा गुमाएको थियो । सिल्भालाई ज्याक लिचले बोल्ड गरेका थिए।

यसअघि टस जितेर ब्याटिङ रोजेको इङ्ल्यान्ड पहिलो  इनिङमा २ सय ८५ रनमा सीमित भएको थियो । इङ्ल्यान्डका जस बट्लरले ६३ र साम कुरानले ६४ रनको योगदान गर्नुबाहेक अन्य कुनै पनि ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । १ सय १९ बल खेलेका कुरानले १ चौका र ६ छक्का प्रहार गर्दा ६७ बलको सामना गरेका बट्लरले ७ चौका प्रहार गरे।

७ रन जोड्दा ओपनर केनोट जेनिङ्सुलाई गुमाएको इङ्ल्यान्डका लागि अर्का ओपनर रोरी बर्नस र बेन स्टोक्सले ३७ रनको साझेदारी गर्दै स्कोर बढाउने प्रयास थिए । जेनिङ्सलाई सुरंगा लकमलले विकेटकिपर निरोसान डिकवेलाबाट क्याच गराएका थिए । ८१ बल खेलेका बर्नसले ५ चौकाको मद्दतमा ४३ रनको योगदान गरे।

स्टोक्सलाई दोस्रो विकेटका रूपमा गुमाएको इङ्ल्यान्डले थप २१ रन जोड्दा कप्तान जो रुटलाई पनि सस्तोमा गुमायो । १४ रन जोडेका रुटलाई मालिन्दा पुष्पकुमाराले बोल्ड गरेका थिए । त्यसपछि ब्याटिङका लागि आएका कुरान र बट्लरले इङ्ल्यान्डको इनिङ समाल्ने प्रयास गरेका थिए।

इङ्ल्यान्डलाई सस्तोमा सीमित पार्ने क्रममा दिलरुवान परेराले ४, पुष्पकुमाराले ३ र अकिला धनञ्जयले २ विकेट लिए । पहिलो टेस्ट इङ्ल्यान्डले जितेको थियो।

प्रकाशित: २९ कार्तिक २०७५ ०४:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App