१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

मैत्रीपूर्ण फुटबलः अर्जेन्टिनाविरुद्ध ब्राजिलको संघर्षपूर्ण जित

काठमाडौं – मैत्रीपूर्ण फुटबल खेलमा ब्राजिलले अर्जेन्टिनालाई १–० ले पराजित गरेको छ। मंगलबार राति साउदी अरेबियामा भएको खेलमा ब्राजिललाई जिताउन एक मात्र निर्णायक गोल दोस्रो हाफको इन्जुरी समयमा मिरन्डाले गरेका थिए। मिरन्डाले नेइमारको पासलाई सदुपयोग गर्दै गोल गरेका हुन्। दुवै टोली विश्वकप छनोटको तयारीका लागि  मैत्रीपूर्ण खेल खेलेका हुन। 

खेलअवभिर दुवै टोलीले गोल गर्न पाएका केही अवसरलाई सदुपयोग गर्न सकेनन्। तर इन्जुरी समयमा अर्जेन्टिना सम्हालिन नसक्दा गोल गर्दै ब्राजिलले संघर्षपूर्ण जित दर्ता गर्यो।  अर्जेन्टिना नियमित कप्तान तथा स्ट्राइकर लियोनल मेस्सीबिना मैदान उत्रिएको थियो। रुस विश्वकपपछि मेस्सीले अर्जेन्टिनाबाट खेलेका छैनन्। 

फिफा वरियतामा ब्राजिल तेस्रो र अर्जेन्टिना ११ औं स्थानमा छन्। जितसँगै ब्राजिलले साउदी अरेबियाले आयोजना गरेको ’सुपरक्लासिको’ ट्रफी समेत उचालेको छ। 

 

प्रकाशित: ३१ आश्विन २०७५ ०२:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App