१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

मनाङद्वारा ब्रिगेड पराजित, पहिलाे खेलमै अाेलावालेकाे दुर्इ गाेल

काठमाडाैं - शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आफ्नो पहिलो खेलमा मनाङ मर्स्याङ्दी क्लब विजयी भएको छ। मनाङले ब्रिगेड ब्वाइजलाई ३–१ ले पराजित गर्दै प्रतियोगिताको सुखद सुरुवात गरेको हो। सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको खेलमा मनाङको जितमा अफिज ओलावाले महत्वपूर्ण योगदान दिए। ओलावालाले खेलको ५७ औं र ९३ औं मिनेटमा गोल गरे। यस्तै मनाङका लागि अर्को गोल हेमन गुरुङले खेलको ४७ औं मिनेटमा गरे।

खेलमा ब्रिगेडले अग्रता बनाएपनि मनाङले उत्कृष्ट पुनरागमन गर्दै खेल जित्यो। ब्रिगेडका लागि एकमात्रै गोल खेलको २९ औं मिनेटमा रजत तिवारीले गरेका थिए। तिवारीले डिबक्स वाहिरैबाट गरेको कडा प्रहार गोलमा परिणत भएको थियो। पहिलो हाफमा उत्कृष्ट प्रदर्शन गरेपनि मनाङले गोलका लागि पाएका थुप्रै अवसरहरु सदुपयोग गर्न नसक्दा एक शुन्यले पछि परेको थियो, तर दोश्रो हाफमा तीन गोल गरेपछि मनाङ चार वर्षपछि भएको लिगको आफ्नो पहिलो खेलमा जित निकाल्न सफल भयो। खेलको म्यान अफ द म्याच दुई गोल गरेका मनाङका ओलावाले भए। उनले नगद १० हजार प्राप्त गरे। 

प्रकाशित: २६ आश्विन २०७५ १२:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App