२१ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

नेपाल समूह उपविजेता, सेमिफाइनलमा भारतसँग खेल्ने

काठमाडौं – बंगलादेशसँग २–१ ले पराजित हुँदै नेपाल साफ यु–१८ महिला च्याम्पियनसिपअन्तर्गत समूहचरणको खेलमा समूह उपविजेता बनेको छ। 

भुटानमा जारी प्रतियोगिताको सेमिफाइनल पुगिसकेका दुई टोलीबीच समूहविजेताको छिनोफानोका लागि भएको खेलमा नेपालले पराजय भोग्दा उपविजेता बनेको हो । एक खेलअगावै यी दुई टोली सेमिफाइलन पुगेका थिए। 

१६औं मिनेटमा बंगलादेशले पहिलो अग्रता लिएको थियो । अर्को १६ मिनेटमा दोस्रो गोल थप्दै नेपाललाई थप दबाबमा राखेको थियो । २–० ले पछि परेको नेपालले इन्जुरी समयमा सान्त्वना गोल फर्काएको थियो । नेपालकी रश्मिकुमारी घिसिङले गोल गरेकी थिइन्। 

लिगका सबै खेलमा जित हात पार्दै बंगलादेश समूहविजेता र नेपाल उपविजेता बन्दै सेमिफाइलनमा पुगेका छन् । यसअघि नेपाल र बंगलादेश दुवैले पाकिस्तानलाई हराएका थिए । नेपालले पाकिस्तानलाई १२–० ले हराएको थियो भने बंगलादेशले १७–० ले पराजित गरेको थियो। 

नेपालले अब सेमिफाइनलमा समूह ‘ए’ को विजेता भारतसँग प्रतिस्पर्धा गर्नेछ। भारतले मंगलबार नै सम्पन्न समूह ‘ए’ तर्फको अन्तिम खेलमा आयोजक भुटानलाई ८–० ले हराउँदै समूह बिजेता बनेको थियो। त्यस्तै समूह ‘ए’ को उपविजेता बनेको भुटानले समूह ‘बी’ को विजेता बंगलादेशलाई सेमिफाइनल प्रतिद्वन्द्वीका रुपमा पाएको छ । सेमिफाइनलतर्फका दुवै खेलहरु शुक्रबार हुनेछन्।

प्रकाशित: १६ आश्विन २०७५ २३:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App