२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
खेल

लिभरपुल, सिटी र टोटेनह्याम विजयी, युनाइटेड बराबरीमा रोकियो

काठमाडौं – लिभरपुल प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ। प्रतियोगिताअन्तर्गत शनिबार राति भएको खेलमा लिभरपुलले साउथह्याम्पटनलाई ३–० ले पराजित गरेको हो। लिभरपुलले २८ वर्षपछि लगातार ८ खेलमा जित निकालेको हो। 

लिभरपुलको जितमा २१ औं मिनेटमा माटिप र पहिलो हाफको इन्जुरी समयमा सलाहले गोल गर्दा अर्को एक गोल साउथह्याम्टनका वेस्ले होइडको आत्मघाति उपहार दिएका थिए। लिभरपुलको ६ खेलबाट १८ अंक जोडेको छ। 

यता कार्डिफ सिटीलाई ५–० को फराकिलो अन्तरले पराजित गर्दै साविक विजेता म्यानचेस्टर सिटी इङ्लिस प्रिमियर लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ। शनिबार राति भएको खेलमा सिटीलाई जिताउन यसै सिजन लेस्टर सिटीबाट आएका रियाद मेहरेजमले २ तथा सर्जियो अग्युइरो, बर्नार्डो सिल्भा र गुन्डोगानले एक–एक गोल गरे। पहिलो हाफमा ३ गोल गरेको सिटीले दोस्रो हापमा थप २ गोल गरेको थियो। नतिजासँगै ६ खेलबाट १६ अंक जोडेको सिटी दास्रो स्थानमा उक्लियो। एक खेल कम खेलेको चेल्सी १५ अंकका साथ तेस्रो स्थानमा छ।

यस्तै अर्को खेलमा म्यानचेस्टर युनाइटेड यसै सिजन बढुवा भएको उल्भरह्याम्पटनसँग  एक–एक गोलको बराबरीमा रोकिएको छ। घरेलु मैदानमा भएको खेलमा युनाइटेडले १८ औं मिनेटमा फेडरिको सान्तोसको गोलबाट अग्रता बनाएको थियो। सान्तोसले डेब्यु खेलमै गोल गरेका हुन्। ५२ मिनेटसम्म अग्रता लिएपनि युनाइटेडले ५३ औं मिनेटमा गोल खान पुग्यो। उल्भरह्याम्पटनका पहिलो हाफमा अग्रता जोगाए पनि दोस्रो हाफमा भने जोगाउन सकेन। उल्भरह्याम्पटनका लागि जोएओ मौउटिन्होले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए।  त्यसपछि दुवै टोलीबाट गोल हुन सकेन र युनाइटेड स्पष्ट ३ अंक जोडन बाट चुक्यो। बराबरीपछि ६ खेलबाट १० अंक जोडेको युनाइटेड तालिकाको छैटौं स्थानमा छ। उल्भरह्याम्पटन दशौं स्थानमा छ।

त्यस्तै टोटेनह्याले ब्राइटनलाई २–१ ले पराजित गर्यो। टोटेनह्यामको जितमा पेनाल्टीमार्फत ४२ औं मिनेटमा ह्यारी केन र ७६ औं मिनेटमा एरिक लामेलाले गोल गरे।  पराजित टोलीका लागि एन्थोनी केनोककेइर्टले दोस्रो हाफको इन्जुरी समयमा एक गोल फर्काए। राति नै भएका अन्य खेलहरूमा बर्नलीले बर्नमाउथलाई ४–० तथा लेस्टर सिटीले हडल्सफिल्डलाई ३–१ ले पराजित गर्दा क्रिष्टल प्यालेस र न्युक्यासल युनाइटेडले गोलरहित बराबरी खेलेका छन्। 

 

प्रकाशित: ७ आश्विन २०७५ ०७:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App