१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

फुटसलमा स्वप्नवाटिका प्रथम

काठमाडौं – पाँचौं अन्तरविद्यालय फुटसलमा स्वप्नवाटिका स्कुल प्रथम भएको छ । ड्याफोडिल स्कुलले दोस्रो स्थान प्राप्त गर्दा माउन्ट ग्लोरी तेस्रो भयो। 

युनिग्लोब मावि तथा कलेज र ग्लोबल कलेज इन्टरनेसनलको संयुत्त आयोजनामा  भएको प्रतियोगिता भदौ २९ गते सुरु भएको थियो । प्रतियोगितामा राजधानीका २४ विद्यालयको सहभागिता थियो । खेलहरू कमलादीस्थित युनिग्लोब  कलेजको आफ्नै फुटसल मैदानमा भएका थिए।

प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी ड्याफोडिलका कविर तामाङ भए भने उत्कृष्ट स्ट्राइकर माउन्ट ग्लोरीका आयुष घलान, उत्कृष्ट रक्षक मेरिडियन इन्टरनेसनल स्कुलका सत्यम् खतिवडा, उत्कृष्ट गोलकिपर स्वप्नवाटिकाका सुदीप कार्की घोषित भए।
 

 

प्रकाशित: ४ आश्विन २०७५ ०४:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App