२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
खेल

खुस्बुलाई एएफसी ड्रिम अवार्ड

काठमाडौं – एसियन फुटबल फेडेरेसन (एएफसी) ले सेल्टर नेपालकी अध्यक्ष खुस्बु ओलीलाई एएफसी ड्रिम अवार्ड २०१८ प्रदान गरेको छ । बुधबार मलेसियाको क्वालालम्पुरमा एएफसीको सामाजिक उत्तरदायित्वअन्तर्गतको सम्मेलनमा खुस्बुलाई एएफसी ड्रिम अवार्ड प्रदान गरिएको राखेपले जनाएको छ।

एएफसीले प्रत्येक वर्ष तीन विधाअन्तर्गत कर्पोरेट, नन–गभर्नमेन्ट अर्गानाइजेसन र व्यक्तिगततर्पm यो अवार्ड प्रदान गर्दै आइरहेको छ । एएफसीले समाजप्रति उदाहरणीय कार्य गर्दै आएका व्यक्तिलाई यस्तो अवार्ड प्रदान गर्ने गरेको छ । खुस्बुलाई भने एएफसीले व्यक्तिगत विधाअन्तर्गत अवार्ड प्रदान गरेको हो । यसअघि अखिल नेपाल फुटबल संघ (एन्फा)ले पनि खुस्बुलाई उक्त अवार्डका लागि एएफसी समक्ष सिफारिस गरेको थियो। 

सडक बालबालिकाका लागि आश्रय दिँदै आएकी खुस्बुलाई एएफसीको सोसियल रेस्पोन्सिबिलिटी कमिटीका अध्यक्ष अहमद इद एल हर्बीले अवार्ड प्रदान गरेका थिए । खुस्बुलाई अवार्डसँगै नगद १० हजार अमेरिकी डलरसमेत प्रदान गरिएको थियो । उनलाई नेपालका विभिन्न भूभागमा गरेको योगदानका लागि नगद सम्मान गरिएको थियो । खुस्बुले युनाइटेड नेसन्स सस्टेनेबल गोलअन्तर्गत रहेर पछिल्लो समय नेपालको पूर्वी क्षेत्रमा ५ नमुना गाउँ निर्माण गरिसकेकी छन् । अवार्डपछि खुस्बुले गरिब समुदायमा व्यक्तिगत दक्षतामा विकास गरी समग्र गाउँको सशक्तीकरणका लागि आफूलाई थप उत्प्रेरणा मिलेको बताइन् । खुस्बुले सम्मेलनमा सामाजिक समावेश र स्वास्थ्य विषयमा समेत धारणा राखेकी थिइन्। 

त्यस्तै सेल्टर नेपालकी अध्यक्ष खुस्बुले १ हजार सडक बालबालिकालाई फुटबलको माध्यमबाट विभिन्न कार्यक्रमसमेत सञ्चालन गरेकी थिइन् । केही समयअगाडि मात्र सेल्टरको व्यवस्थापनमा सडक बालबालिकाको राष्ट्रिय फुटबल टिम तयार गरी रूस विश्वकप दौरान स्ट्रिट चाइल्ड वल्र्डकपमा समेत सहभागी गराइएको थियो । संस्थाले अन्य विभिन्न खेलका माध्यमबाट सडक बालबालिकाको संरक्षण गर्दै आइरहेको छ।

 

प्रकाशित: २८ भाद्र २०७५ ०४:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App