१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

पिटरसनसँगको सम्बन्ध सुध्रनेमा कुक आशावादी

लन्डन (रोयटर्स) – इङ्ल्यान्डका ओपनर एलेस्टर कुकले पूर्वकप्तान केभिन पिटरसनसँग नबोलेको ४ वर्ष भए पनि आफूहरूको बिग्रदो सम्बन्ध सुध्रनेमा आशावादी भएको बताएका छन्।

दक्षिण अफ्रिकामा जन्मिएका पिटरसन २०१४ को एसेस शृंखलामा लज्जास्पद हार व्यहोरेसँगै इङ्ल्यान्ड टोलीबाट बर्खास्तगीमा परेका थिए। अस्ट्रेलियाविरुद्धको उक्त शृंखला ५–० ले गुमाएपछि इङ्ल्यान्डले तत्कालीन कप्तान पिटरसनको खराब निर्णयका कारण टोलीले लज्जास्पद हार व्यहोर्न परेको भन्दै उनलाई टोलीबाट बर्खास्त गरेको थियो।

‘मैले २०१४ को एसेस शृंखलापछि  पिटरसनसँग बोलेको छैन तर समयको गतिसँगै उनको तीतो अनुभव मेटिएको हुनुपर्छ,’ कुकले भने, ‘हामीले लामो समयसँग खेलेका छाैं। तर उक्त शृंखलापछि उनका र मेरा बारेमा आएका आधारहीन खबरले हाम्रो सम्बन्धमा चिसोपना आएको थियो। जुन आजका दिनसम्म कायम छ।’

इङ्ल्यान्डबाट सर्वाधिक १ सय ६० टेस्ट खेलेका कुकले भारतविरुद्ध जारी पाँचाैं टेस्ट खेलसँगै अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा गरिसकेका छन्। उनले शुक्रबार पाँचाैं टेस्टको पहिलो इनिङमा ७१ रन जोडेका थिए । पाँच टेस्टको शृंखला इङ्ल्यान्डले ३–१ ले जितिसकेको छ।

पिटरसनले भने गत मार्चमा सबै खाले क्रिकेटबाट संन्यासको घोषणा गरेका थिए।

सञ्चारमाध्यमले एसेस शृंखलामा हार बेहोरेपछि कुकले इङ्ल्यान्ड क्रिकेट बोर्ड (इबिसी) समक्ष पिटरसनको कमजोर रणनीतिका कारण निराश हुनुपरेको आरोप लगाएको उल्लेख गरेका थिए। इसिबीले कुकको सुझावका आधारमा पिटरसनलाई बर्खास्त गर्दै उनलाई कप्तानमा नियुक्त गरेको खबर बाहिरिएको थियो।

‘मैले त्यति बेला इङ्ल्यान्ड क्रिकेटको भविष्यका लागि पिटरसन कप्तानीका लागि लायक खेलाडी होइन भनेका थिए,’ कुकले भने, ‘तर मैले पिटरसनलाई राष्ट्रिय टोलीबाट बर्खास्त गर्न इसिबीसमक्ष प्रस्ताव गरेको कुरामा कुनै सत्यता छैन। म उनको बर्खास्तगीमा दुखी थिए।’

‘मैले २०१४ को एसेस शृंखलापछि पिटरसनसँग बोलेको छैन तर समयको गतिसँगै उनको तीतो अनुभव मेटिएको हुनुपर्छ।’

प्रकाशित: २४ भाद्र २०७५ ०४:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App