काठमाडौं –डिएभी कलेजले भदौ २१ गतेबाट उपत्यकाव्यापी अन्तरकलेज फुटसल प्रतियोगिताको आयोजना गर्ने भएको छ।
डिएभी कलेजकै फुटसल मैदानमा हुने प्रतियोगिता २२ गतेसम्म चल्ने र प्रतियोगितामा राष्ट्रिय परीक्षा बोर्ड (एनइबी) अन्तर्गतका २५ वटा कलेजहरूले प्रतिस्पर्धा गर्ने आयोजकले बताएको छ।
लिग कम नकआउटका आधारमा खेलाइने यस प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ५० हजार रुपियाँ नगद हात पार्नेछन् । त्यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षकलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ।
प्रकाशित: १९ भाद्र २०७५ ००:०७ मंगलबार