२३ आश्विन २०८१ बुधबार
image/svg+xml
खेल

न्युक्यासल लिग कपबाट बाहिर

लन्डन – इङलिस प्रिमियर लिगमा लगातार खराब प्रदर्शनबाट गुज्रिरहेको न्युक्यासल युनाइटेड इङलिस लिग कपको दोस्रो चरणबाट बाहिरिएको छ।

बिहीबार सम्पन्न लिग कपको खेलमा न्युक्यासलले च्याम्पियनसिपको टोली नटिङघम फरेस्टलाई ३–१ को नतिजा सुम्पिएसँगै तेस्रो चरणमा स्थान पक्का गर्न सकेन।

प्रियियर लिगको ३ खेलमा २ हार र १ बराबरीपछि १ अंकमा सिमित हुँदा न्युक्यासलका प्रशिक्षक राफेल बेनिटेजको रणनीतिको चर्को आलोचना हुदै आएको छ । खेलको दोस्रो मिनेटमा ड्रायल मुर्फेले गरेको गोलमा नटिङघमले अग्रता लिएको थियो । इन्जुरी समयको दोस्रो मिनेटमा साल्मोन रोन्डनले गरेको गोलमा न्युक्यासल खेलमा फर्किएको थियो।

तर नटिङघमले इन्जुरी समयको अन्तिम ३ मिनेटमा २ गोल गरेसँगै न्युक्यासलको अघिल्लो चरण प्रवेश गर्ने लक्ष्यले पूर्णता पाउन सकेन । इन्जुरी समयको चौथो मिनेटमा म्याटी क्यास  र साताैं मिनेटमा गिल डियासले गोल गर्दै नटिङघमको जित पक्का गरेका थिए।

‘म नटिङघम हामी भन्दा स्तरिय टोली हो भन्नेमा विश्वास गर्दिन,’ बेनिटेजले भने, ‘हामीले धेरै अवसर र्सिजना गर्न सकेनाैं  । हामीले अग्रपंत्तिमा सुधार गर्नुपर्ने धेरै ठाउहरु छन् । सिजनको सुरुआत सुखद नहुँदा हामी दुखी छौं तर हामी छिट्टै लयमा फर्कनेमा विश्वस्त छौं।’

प्रिमियर लिगमा लगातार तेस्रो जित हात पारेको वाट्फोर्डले बुधबार अन्तिम ३२ मा स्थान पक्का गर्ने क्रममा रिडिङलाई २–० ले हरायो । ३७औं मिनेटमा इशाक सक्सेसले गरेको गोलमा वाट्फोर्डले अग्रता लिएको थियो । खेल सकिन २३ मिनेट बाँकी हुँदा डोमिगोस क्वुनाले गोल गर्दै वाट्फोर्डको अग्रता दोब्बर पारेका थिए।

त्यस्तै एभर्टन र मिलवालले पनि प्रतियोगिताको तेस्रो चरणमा स्थान पक्का गरेका छन् । एभर्टनले गोडिसनलाई ३–१ ले पराजित गर्दा मिलवालले प्लेमाउथमाथि ३–२ को विजयी नतिजा निकाल्यो।

 

प्रकाशित: १५ भाद्र २०७५ ०४:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App