६ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

बास्केटबल खेलाडीमाथि १ वर्षको प्रतिबन्ध

टोकियो – जापान ओलम्पिक कमिटीले सोमबार इन्डोनेसियामा जारी एसियाली खेलकुदका क्रममा महिलासँग रात बिताएको आरोप लागेका ४ बास्केटबल खेलाडीमाथि १ वर्षको प्रतिबन्ध लगाएको छ।

जापानी बास्केटबल संघले बुधबार पत्रकार सम्मेलनमार्फत ४ खेलाडीलाई प्रतिबन्ध लगाएको हो । प्रतिबन्धमा पर्ने ४ खेलाडीमा  ताकायुवा हासिमोतो, केइता इमामुरा, योया नागायोसी र ताकुमा सातो रहेका छन्।

यसअघि जापानले गत साता रातको खाना खाएपछि ४ जना बास्केटबल खेलाडी जकार्ताको एक होटलमा महिलासँग रात बिताउन गएकाले उनीहरूलाई तत्काल जापान फर्काएको थियो । जापानिज ओलम्पिक कमिटीले स्वदेश फर्काइने ४ खेलाडीले आफ्नो हवाई खर्च आफैं व्यहोर्न पर्ने उल्लेख गरेको थियो।

कतारमाथि ८२–७१ को स्कोरमा जित हात पारेपछि यो घटना भएको थियो । इन्डोनेसियाको एक दैनिकले होटलबाट बाहिरिँदै गरेका जापानिज खेलाडीको तस्बिर प्रकाशित गरेपछि यो घटना बाहिर आएको थियो।

प्रकाशित: १४ भाद्र २०७५ ०४:३२ बिहीबार

एसियाली_खेलकुद बास्केटबल